राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समितीको आयोजनामा यही चैत १६ देखि १९ गतेसम्म राजधानीको भृकुटी मण्डपमा प्रतियोगिता हुने भएको हो। प्रतियोगिताको बारेमा जानकारी दिन सोमबार रिपोर्टस क्लवमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेश बिजीले विगतमा प्रतिष्ठानका तत्कालीन अध्यक्ष चन्द्र शर्माको कार्यकालमा सुरु भएको नियमित रनिङ शिल्ड प्रतियोगिता विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड- १९ का कारण २ वर्ष अवरुद्ध-भएको र हाल महामारी-सामान्य भएपश्चात पुनः निरन्तरता दिन लागिएको जानकारी दिए ।

उनका अनुसार बुधबारबाट सुरु हुने रनिङ शिल्ड प्रतियोगितामा देशभरबाट ७० समूह सहभागी हुनेछन् भने १ लाख भन्दा बढी दर्शकले प्रतियोगिताको अवलोकन गर्ने अनुमान गरिएको छ। साथै उक्त प्रतियोगिताभर देशभरका विभिन्न राष्ट्रिय कलाकारहरुले सांगितिक प्रस्तुती दिनेछन्। बुधबार अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनीको प्रमुख आतिथ्यता तथा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न राष्ट्रिय कलाकारहरुको विशेष आतिथ्यतामा कार्यक्रम सुरुवात हुने आयोजकको भनाई छ। कार्यक्रमको मुख्य प्रायोजक टुबोर्ग बियर रहेको छ भने प्रायोजकको रुपमा

महालक्ष्मी विकास बैंक लिमिटेड र श्री बागेश्वरी खड्का हाउजिङ डेप्लोपर्स रहेको छ।प्रतियोगिताको प्रथम स्थान हासिल गर्नेलाई नगद रु.२ लाख २५ हजार, प्रमाणपत्र, मेडल र शिल्ड, दोश्रो स्थान हासिल गर्नेलाई नगद रु.१ लाख ५० हजार, प्रमाणपत्र, मेडल, तेश्रो स्थान हासिल गर्नेलाई नगद रु. १ लाख नगद, प्रमाणपत्र, मेडल र सान्त्वना स्थान हासिल गर्नेलाई नगद रु ५० हजार, प्रमाणपत्र, मेडल र उत्कृष्ट २ पुरुष, २ महिला साथै उत्कृष्ट भेषभूषा र अनुशासित टीमलाई रु १० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगितालाई थप आकर्षक बनाउन विभिन्न खानाका परिकार तथा

व्यापारिक स्टलहरु समेत राखिने आयोजक पक्षले जानकारी गराएको छ । कार्यक्रमलाई सभ्य र भब्य रुपमा सफल पारिदिनका लागी केन्द्रिय अध्यक्ष रमेश बिजी अनुरोध गरेका थिए । यसै बिचमा उक्त दोहोरी प्रतियोगीतामा जर्जहरुको भूमीका लामो समय देखी प्रत्यक्ष दोहोरीमा गायर अनि खारियर आयका अनि प्रत्यक्ष दोहोरी सम्बन्धी ज्ञान बटुल्दै आयका त्यस्ता गायक अनि गायिका हरुले जर्जको अथवा निर्णायकको भूमीका निर्बाह गर्ने अध्यक्ष रमेश बिजीले पत्रकारहरुको प्रश्नमा जवाफ दियका थिय। त्यस्तै गरेर उक्त दोहोरी मा गाईने भाकाको रोयल्टी को बिषयमा समेत कुरा उठेको थियो।

रोयल्टीको कुरालाई समेत प्रष्ठपार्दा अध्यक्ष बिजीले सम्बन्धित सस्था संग यसबारेमा कुरा भयको र एक मुष्ठ रुपले सम्बन्धित भाकाका गीतहरुलाई सोहि सस्थामा बुझाउने बताउनु भयको थियो। जसले गर्दा उक्त कार्यक्रममा गाईने भाकाको रोयल्टिका लागी सर्जकहरुले रोयल्टी पाउने सम्बन्धित सस्थामा गयर कुरा गर्न सकिने अध्यक्ष रमेश बिजीले बतायका छन्।पत्रकार सम्मेलन कार्यक्रमको सञ्चालन केन्द्रिय महासचिव सुवास केसीले गरेका थिए। कार्यक्रमको प्रचार प्रसार संयोजन राज कुमार रायमाझी र अमृत अधिकारीले गरेका थिए भने पत्रकार प्रकाश बराईली “अभिब्यक्ती” ले मिडिया संयोजनको भुमिका

निर्वाह गरेका थिए। कार्यक्रममा केन्द्रिय अध्यक्ष रमेश बिजीको अध्यक्षता रहेको थियो भने दुबोर्ग बियरका प्रतिनिधी, अग्रज गायक एबं चलचित्र निर्देशक नारायण रायमाझी, पुर्ब केन्द्रिय अध्यक्ष दुर्गा रायमाझी, पुर्ब केन्द्रिय अध्यक्ष चन्द्र शर्मा, केन्द्रिय सल्लाहकार पृथ्बी थकाली, बरिष्ठ पत्रकार ऋषी धमला लगायत चर्चित कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!