भिडियो यो समाचारको लास्टमा समावेश गरियको छ।
काठमाडौं :

आफ्नो मान हानी हुने गरी ब्यङ्ग्य हानेको भन्दै गायक दुर्गेश थापाले कमेडी क्लब विथ च्याम्पियन को दोस्रो भागको प्रोमो हटाउन लगाएका छन् । आफ्नो भद्धा मजाक उडाएको भन्दै निर्माण टिमलाई दुर्गेशले प्रोमो हटाउन बाध्य पारेको बताएइएको छ ।
प्रसारित प्रोमोमा उक्त कार्यक्रमका कमेडीयन सजन महर्जनले दुर्गेशको पोस्टरसमेत देखाएर उनको मजाक उडाएका थिए । पल शाह प्रकरणलाई ईंगित गर्दै दुर्गेश कसैको साथी हुनसमेत लायक नरहेको सन्देश दिन खोजिएको थियो ।
कमेडीएन साजन श्रेष्ठले दुर्गेशलाई मजाक बनाउँदै आफ्नो प्रस्तुति दिए पछि दुर्गेशले आपत्ती जनाएका थिए । अहिल टिमले सो प्रोमो युट्युब बाट हटाइसकेको छ । पल शाह प्रकरणलाई लक्षित गर्दै दुर्गेश कसैको साथी हुनसमेत लायक नरहेको सन्देश दिन खोजिएको थियो ।प्रोमोमा सजनले भनेका थिए, ‘उहाँ चैँ, गा ली खान पचाउन सिकाउने गुरु ।

उहाँले जस्तो गा ली पचाउन कसले सक्छ र बा बा‘। उहाँ फेरि मेरो गुरु मात्र हो, साथी होइन । साथी हानिकारक हुन्छ ।’ दुर्गेशले कानुनी प्रक्रियामा जाने चेतावनी दिएपछि निर्माण टिमले सो प्रोमो हटाएको हो । युट्युबमा सार्वजनिक भए लगत्तै उक्त प्रोमो अत्यन्तै मन पराइएको थियो ।
यस्तै नाबालिग गायिकालाई कर णी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह जिल्ला अदालत तनहुँकाे थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि आज उच्च अदालत पोखरा जाने भएका छन् । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएकाले मंगलबार आज उच्च अदालत पोखरामा पुनरावेदन दिँदैछ ।

पलका पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेका अनुसार सोमबार नै उच्च अदालत जाने तयारी थियो । ‘समय अभावका कारण हिजो जान सकेनौँ । आज उच्च अदालत पोखरा पुगेर पुनरावेदन निवेदन दिँदैछौँ’, उनले भने ।पललाई तारेख वा धरौटीमा छाडेर मुद्दा पुर्पक्ष गरियोस् भनेर माग राखेपनि अदालतले थुनामा पठाएकाले पुनरावेदन दिन लागेको उनको भनाइ छ । ‘थुनामा राख्न गरिएको तनहुँ जिल्ला अदालतको आदेश कानुनसम्मत, मिसिल र तथ्यगत प्रमाणसम्मत छैन । जिल्ला अदालतको आदेश बदर गरेर तारेखमा राखी मुद्दाको पुर्पक्ष गरी पाउँ भनेर तल्लो अदालतले गरेको आदेशको उपरमा माथिल्लो अदालतमा दिन पाइने कानुनी व्यवस्था अनुसार पुनरावेदन दिँदैछौँ,’ उनले भने ।

घटना भएको लामो समय पछि मात्रै उजुरी दिइएको, कर णी भएको भनिएको भोलिपल्ट बिहानै ब’ला’त्कृ’त भनिएकी बालिका पलसँगै ढोरवाराही मन्दिर दर्शनमा गएको र उमेर शं’का’स्पद भएकाले कानुनसम्मत नभएको वरिष्ठ अधिवक्ता वाग्लेको जिकिर छ ।
जाहेरवाला र प्रतिवादीको तर्फबाट थुनछेक बहस भएपछि १० चैतमा जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश जारी गरेको हो । जिल्ला न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजालसमा पलका म्यानेजर कृष्णप्रसाद जोशिलाई भने एक लाख रुपैयाँ धरौटीमा तारेखामा छाडिएको छ । ७ चैतमा अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय तनहुँले सरकारी वकिलको कार्यालय तनहुँमा प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनको आधारमा ८ चैतमा सरकारीको वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा मुद्दा दायर गरेको थियाे ।

नेपालकी १८ बर्षे सुन्दरी माता, चान्स पाए हिरोइन बन्ने रहर, सानैमा प्राप्त भयो शक्ति तलको भिडिमा हेर्नुहोस्.. https://youtu.be/ZGhRf73aISk

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!