विभिन्न मेला महत्सब संगै अन्य सम्मान कार्यक्रमका लागी देशका विभिन्न जिल्लाहरुमा पुग्न ब्यस्त छन् बाल-गायक सुप्रिम मल्ल। पछिल्लो समय सुप्रिमले धेरै दर्शकहरुको माया त पायकै छन्। त्यसैमाथी सुप्रिमको पछिल्लो समय विभिन्न स्टेज प्रोग्रामहरुमा समेत माग हुदै आयपछी उनले पढाईको बिषयलाई अहिलेको समयमा मध्यनजर गर्दै प्रोग्रामहरुमा लागेको पारीवारीक श्रोतले यसभन्दा अगाडिनै जानकारी दियको थियो। हुनत यसभन्दा अगाडि पनि सुप्रिमको लागी विभिन्न प्रोग्रामहरुमा माग नभयको होइन तर पढाईलाई हेरबिचार गर्नु परेकोले ति पहिलेका कार्यक्रमहरुमा लैजान असहज भयको पारीवारीक

श्रोतले बतायको थियो।तर अहिले उनि स्टेज प्रोग्राममा मात्र होइन उनि सम्मान कार्यक्रममा पनि ब्यस्त हुदा उनका सुभचिन्तक संगै आफन्तजन समेत निकैनै खुसी भयको पाउन सकिन्छ। द भ्वाइस किड्स बाट अझै धेरैको मन जित्दै आयका बाल-गायक सुप्रिम पछिल्लो समय गित रेकर्ड र विभिन्न कार्यक्रम अन्तर्गत पाइलाहरु अगाडि बढेर जादा एक बाल-कलाकारको खुसी संगै तपाइँ हामी पनि खुसी नहुने कुरै भयन। यो संगै सुरिम गयका अन्य कार्यक्रमहरु सके लगत्तै पुनः १८ गते सुर्खेतको कार्यक्रममा जादै छन्। सुर्खेत को कार्यक्रम -बृहत सास्कृतिक कार्यक्रम संगै कर्णाली घुमौ-२०७८ रहेको

उनको पारीवारीक श्रोतले जनायको छ। यसपछि फेरी सुप्रिम मल्ल १९ गते बुटवल आउने भयका छन्। बुटवलमा सुप्रिम लाइ ठकुरी समाज महासंघको महाअधिबेशन मा सम्मान कार्यक्रम गरीने उनको पारीवारीक श्रोतले जानकारी दियको छ।सुप्रिम मल्ल ठकुरीलाइ यसभन्दा अगाडि पनि कास्की जिल्ला संग अन्य ठाउहरुमा पनि सम्मान हुदै आयको थियो फेरीपनि उनले ठकुरी समाज महासंघको महाअधिबेशन बुटवल मा सम्मान पाउने भयपछि उनको आफन्तजन समेत निकैनै खुसी भयका छन्। सानै उमेरमा पनि यसरी धेरै दर्शकको मनमा बस्दै आयका सुप्रिम मल्ल ठकुरीलाई पारीवारीक श्रोत समेत

निकैनै ठुलो खम्बा बनेर उभियको तपाई हामी देख्न अनि बुझ्न सकिन्छ। त्यसैले पनि उदाउदै गरेका यस्ता बाल-प्रतिभाहरु पारीवारीक श्रोतकै राम्रो हेरचाह भयो भने उसको आउने दिन र भबिष्य सु-निश्चित हुने समेत यसै गित संगीत अन्तर्गतका अग्रज कलाकारहरु ले यस भन्दा अगाडी धेरै हामी संगको कुराकानीमा बताउदै आयका थिय। जुन कुरा पछिल्लो समय सुप्रिममा देख्न सकिन्छ। उनको संगीत यात्रा संगै अध्यन समेत निरन्तर अगाडि बढोस तपाई हामी सबैको तर्फबाट सुभकामना।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!