नेपाली लोक सांगीतिक क्षेत्रमा पछिल्लो समय लोक दोहोरी गायक चिज गुरुङ र अस्मिता डल्लाकोटि भन्ने बित्तिकै सबैको सर्बप्रीय नाम हुन थालेको छ। मेला महोत्सब देखी विभिन्न कार्यक्रम संगै स्टुड्यो हरुमा समेत दुबैको माग बढेर जान थालेपछि यतिखेर यी दुवै गायक गायिका नीकैनै ब्यस्त हुन थालेको पाउन सकिन्छ। देशका विभिन्न स्थानहरुमा चल्दै गरेका मेला महोत्सब संगै सांगीतिक कार्यक्रममा दिनहु जसो केहि दिन देखी ब्यस्त छन् अस्मिता र चिज। लोक दोहोरी क्षत्रमा लामो समयदेखी प्रत्यक्ष दोहोरी भिडेर-आयका यी गायक गायिका नेपालको ठुलो दोहोरी रियालिटी सो दोहोरी च्याम्पियन
पछि यी दुवै गायक गायिकाले धेरैको मन जित्न-सफल भयका हुन्। जसका कारण च्याम्पियन पछि दुवै जनाको सांगीतिक क्षत्रले सोचे जस्तै गराउदै गयको समेत हामी संगको कुराकानीका क्रममा बताउदै आयका थिय।धेरै दर्शकले पछिल्लो समय यी गायक गायिका अस्मिता र चिजलाई मात्र मन पराउदैनन यो जोडीलाई समेत निकैनै मन पराउन थालेको पाउन सकिन्छ। हामी संगको अन्तर्वार्ता हेरेर कतिपयले त दुबैलाई बिवाह गर्न समेत सुल्झ्यायका धेरै प्रतिक्रियाहरु अझै पनि हामी संगै यथावत छन्। उता अस्मिताको बैसाखमा बिवाह हुने कुराबारे एक मिडियामा आयको टाइटलको बारेमा अहिले
सम्म अस्मिताले केहि नबतायपनि हामीले यसको जवाफ दर्शकलाई पुर्याउने कोशिश गर्ने छौं। हुन त कलाकारिता क्षत्रमा लागेका धेरै कलाकारहरुको एक अर्का संग नाम जोडिनु र बाहिर त्यसै हल्ला हुनु पछिल्लो समय स्वाभाविकनै बन्न थालेका धेरै उदाहरण तपाई हामी देख्दै अनि हेर्दै आयका छौं। जसका उदाहरण धेरै कलाकारको भयपनी केहीको मात्र त्यस्तो दर्शकले सोचे सरह भयको पाउन सकन्छ।जे जस्तो भयपनी पछिल्लो समय धेरै दर्शकले मन परायका यी गायक गायिका को नया गित हेर्ने धेरै दर्शकको चाहना थियो। उक्त चाहना अनुसार भर्खर मात्र यी जोडीले नया गित सार्बजनिक गरेका
छन्। गीतिसंग्रह “मुस्किल छ” को आवाज समेत अस्मिता डल्लाकोटि र चिज गुरुङको रहेको छ भने उक्त गीतमा अभिनय समेत अस्मिता र चिजले गरेका छन्। अस्मिता डल्लाकोटि युट्युब च्यानल बाट सार्बजनिक गरीयको गीतको लय तथा सब्द बसन्त थापाले तयार पारेका थिय। भने जुन गीतको भिडियो निर्देशन सुनिल क्षत्री र छायाकन सुरेन्द्र बस्याल र अजय रेग्मीले गरेका छन् भने भिडियोलाई सम्पादन अमृत चापागाईंले गरेका थिय। उक्त गित सार्बजनिक भय संगै धेरै किसीमका प्रतिक्रिया आयको देख्न सकिन्छ। जुन गीतको पुरा भिडियो तल हेर्नुहोस।