इन्द्रेणी कार्यक्रम संगै इन्द्रेणीका संचालक कृष्ण कंडेल पछिल्लो समयको सबैको लोकप्रिय नाम हो। इन्द्रेणीमा आयका धेरै दोहोरी संगै जहाबाट हुने धेरै सहयोग आदान-प्रदानलाई लियर धेरै देश तथा बिदेशमा रहेका नेपालीहरुले कार्यक्रलाई निकैनै रुचाउने गरेको पाउन सकिन्छ। दैनिक रुपमा त्यस्तै भिडियोहरु अपलोड हुने इन्द्रेणी डटकम को युट्युब च्यानल भन्ने बित्तिकै पछिल्लो समय धेरको लोक प्रिय युट्युब च्यानल भयको समेत धेराले बताउदै आयका छन् इन्द्रेणीमा जाने कतिपय दर्शकहरु सोहि युट्युबकै भिडियो हेरेर समेत जाने गरेको कार्यक्रमका समयमा बताउदै आयको तपाइँ हामी देख्दै

अनि हेर्दै र सुन्दै समेत आयका छौं। जसका कारण इन्द्रेणी भन्ने बित्तिकै सबैको सर्वप्रिय कार्यक्रम रहेरै पनि इन्द्रेणीको चर्चाहरु निकैना देख्न सकिन्छ। यसै बिचमा कृष्ण कंडेल एक कार्यक्रममा सम्मानित भयका छन्।नूर–गंगा प्रतिभा पुरस्कार गुठी २०७७ बाट कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेलसहित विभिन्न कलाकार तथा साहित्यकारहरु सम्मानित भएका छन्। आज राजधानीमा एक कार्यक्रम गरी इन्द्रेणी कार्यक्रमका सञ्चालक समेत रहेका कंडेललाई एक लाख नगद र प्रमाणपत्र सहित गुठीले सम्मान गरेको हो। नूर–गंगा स्थापित राष्ट्रिय लोकगायन पुरस्कारबाट सम्मान गरेको हो।

त्यस्तै समानित हुनेहरुमा बालसाहित्य पुरस्कारबाट शारदारमण नेपाल र रन्जुश्री पराजुरी रहेका छन्। क्षेत्रीय लोक गायन पुरस्कारबाट रामचन्द्र चन्द्र, खेम सेन्चुरी, जोशिका कंडेल, रामप्रसाद पन्त, विभूति अधिकारी, अलिफ खान सम्मानित भएका हुन। पूर्व प्रधानन्यायधिश कल्याण श्रेष्ठको प्रमुख आतिथ्यतामा पुरस्कार विवतरण गरिएको हो।उक्त पुरस्कार पाय संगै इन्द्रेणीका संचालक कृष्ण कंडेल आउने दिनमा यस्ता धेरै पटक पटक पायका पुरस्कारका कारण धेरै काम गर्ने जोश-जागर समेत बढेर गयको बताउदै आयका छन्। उनलाई पछिल्लो समय धेरै दर्शकको अगाडि धेरैले कलियुगका कृष्ण

भगवान समेत भनेर भन्ने गरेको पाउन सकिन्छ। दुखी-पिडित संगै देशमा आपत-परेका स्थानहरुमा पुगेर उनले सहयोग हस्तान्तरण गर्ने काम गर्दै आयका छन् भने कतिपयलाई त इन्द्रेणी कार्यक्रम भयकै बेला स्टुडियो बाट समेत धेर सहयोगका कामहरु लेन-देन गर्दै आउने गर्दछन। कतिपय बिरामीहरु संगै दुखी-पिडितहरु इन्द्रेणीमा रुदै-जान्छन र फर्किदा हास्दै फर्किने गरेका धेरै उदाहरणहरु समेत देख्न अनि बुझ्न सकिन्छ। यो संगै धेरैको लोक प्रिय कार्यक्रम इन्द्रेणी र पात्र कृष्ण कंडेल बन्दै आयका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!