Thursday, December 1
Shadow

चर्चित लोक दोहोरी गायिका दिलमाया सुनार डेरामा मृत भेटिईन् , अनुषन्धानका लागि भन्दै प्रहरीद्धारा एक जना पक्राउ

काठमाडौं, असार १२ । लोकदोहोरी गायिका दिलमाया सुनार मृत भेटिएकी छिन् । काठमाडौंको तारकेश्वर-११ नेपालटारस्थित डेरामा उनी शनिबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा उनको घाँटीमा डाम देखिएको खुलेकाले हत्या वा आत्महत्या भन्ने भन्नेबारे अनुसन्धानबाट मात्रै खुल्ने प्रहरीले जनाएको छ ।

पतिसँग सम्बन्धविच्छेदपश्चात उनी केही वर्षयता एक्लै बस्दै आएकी दिलमायाले शुक्रबार राति फेसबुकमा लामो स्टाटस लेख्दै आफूलाई बाँच्न गाह्रो भएको उल्लेख गरेकी थिइन् ।

त्यसमा उनले आफ्नो मृत्युमा कसैलाई दोष नदिन उल्लेख गरेकी छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा शुक्रबार साँझ दिलमायाको कोठामा एक व्यक्ति गएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। नाम भने खुलाएको छैन् ।

चर्चित लोक दोहोरी गायिका दिलमाया सुनार मृत भेटिएकी छन् । उनी काठमाडौंस्थित आफ्नै डेरामा मृत भेटिएको प्रहरी वृत्त बालाजुले जनाएको छ । प्रहरीका अनुसार शनिबार पौने ११ बजे उनी कोठामै मृत अवस्थामा भेटिएकी हुन् ।

उनको मुलघर सुर्खेत भए पनि उनी काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन् । शुक्रबार राती नै फेसबुकमा उनले एउटा स्टाटस लेखेकि थिईन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=e885d58a66f4faab0880780b6e2c6d21

उनले स्टाटस मार्फत आफूलाई बाँच्न कठिन भएको जनाएकी थिईन् । प्रहरीले उनको मृत्युको बिषयमा अनुसन्धान भइरहेको जनाएको छ । यसैबीच उनको मृत्यु भएपछि अनुसन्धानका लागि भनेर प्रहरीले सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार शूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेको खुल्न आएको छ । ३० वर्षीया गायिका दिलमायाले राजु परियारसँग मिलेर केही चर्चित गीतहरु गाएकी थिईन् ।

नमस्कार सबै जनामा रसबै लाई मिठाे सम्झना छ याे जिन्दगिकाे उटाप चाराप धेरै भाेगे तर जब म जान्नि भय अनि म यक्लाे भय र कसै काे माया पाउन जति काेसिस गरे
पनि पाउन सकिन तर पनि हार खाईन तर एैले धेरै गाराे भयाे म बाचेर पनि दिन्दिनै मर्न सकिन अामा तिम्रि छाेरि धेरै थाकि छे जिन्दगिकाे माेर धेरै अप्ठेरा अाय पार

पनि गरे मैले गरे जसणताे लाग्दैन जाेस्लाई राम्राे गर्छु भनेपनि भयन म काजाउ अामा दुख पाेख्न माई त अाउ भनी तिम्लाई थाछ सबै कुरा भित्र भित्रै माेरेर बाचेछु अामा म
नभयर केभाे त 4 बैनि छाेरि अरस छन मन बुजाउनु नरुनु अामा छाेरा तिमी लाई धेरै पढाउनि मन र ठसलाे मान्छे बनाउनि मन थ्याे छाेरा सकिन तिमी जस्रि भयपनि ठुलाे

मान्छे बन्नु है म नभय त पनि मेराे अासिर्वद सदै तिमी शीत हुनि छ बैनि हर्ष अामा लाई गालि नगर्नु अामा बाच्दा सम्म मेराे कमि हुन नदिनु मेराे गित जहाँ छ जति छ बजार मा
लेई दिनु जस्ले भय पनि र म थाके धेरै थाके अब म बाच्न सक्दिन याे दुनियाँ धेरै सवर्थि छ र म अाफणनाे ईक्क्षा ले याे कदम उचालेकि छु र काेसै लाई दाेस छैन र काेसै ले खाेजि

नीति पनि नगर्नु र म लाई पाेटमाडम पनि नगर्नु म शीत पैसा छैन म शीत थाेरै सुन छ त्याे सुन बेचेर पैसा मेराे छाेरा लाई दिनु घर बेटि हरु लाई काेसै ले केई नगर्नु र अरस लाई पनि
काेसै लाई केई नगर्नु र मेराे लास जसरि हुन्छ घर सम्म पराई दिनु अपठेराे मा मेराे छाे रालाई हेर्दिन छाेरा चिन्टा नगर्नु है यहि सम्झिनु मेराे अामा सानै मा माेरेकाे हाे भनेर मन बुजाउनुसबै

ले मलाई कायर भन्नू हुन्छ हाेला र मलाई बाच्न अति गाराे भयाे कति बेला के हुन्छ थाछैन मेराे जिबन र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

https://respectlodgingfoil.com/g8qhnfbd4?key=637f0f6d26dabd71e7147c63b6a98099
error: Content is protected !!