September 29, 2022

काठमाडौं । पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्या न ग एको छ भने दुई जना घाइते भएका छन् ।

झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर तल झरेर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकी पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाकी ५० वर्षीय ममता राईलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकामा बिहान ३ः४० मा चिकित्सकले मृ त घोषित गरेका थिए ।

दुर्घटनामा सोही स्थानका हेमन सुब्बा र ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ का डोडकुमार राई घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

टाउको, हात तथा छा तीमा चो ट ला गे का घाइतेहरुको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ ।

मृ त क तथा घाइतेहरु उपचारका लागि झापा गई उपचारपश्चात घर फर्कँदै थिए ।

दुर्घटनापछि प्रहरीले उक्त एम्बुलेन्सका चालक पाँचथरको हिलिहाङ गाउँपालिका–२ सिंहपुरका वीरेन्द्र धिताललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

उक्त एम्बुलेन्समा चालकसहित चार जना सवार थिए । फाईल फोटो

दार्चुला। दार्चुलाको नौगाड गाउँपालिकामा भारतीय डिभाइसयुक्त बेलुन खसेको दुई दिन वित्दा समेत नेपाल सरकारले पत्तो पाउन सकेको छैन । नौगाडमा बिहीबार राति आकाशबाट विद्युतीय यन्त्रजडित बेलुन खसेको थियो । राति करिब ८ बजेतिर तीन ओटा ब्याट्री जडान गरिएको विद्युतीय यन्त्र जस्तो देखिने बेलुन खसेको वडा नम्बर ३ खारका स्थानीय अर्जुन सिंह ठगुन्नाले बताए।

आकाशमा उडिरहेको बेलुन विद्युतीय पोलमा ठोक्किएर खसेपछि हेर्दा भारतीय मोबाइल नम्बर लेखिएको ब्याट्रीजडित डिभाइस पाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!