September 28, 2022

१० करोड बराबरको स्वास्थ्य सामाग्री लिएर देश दौडाहा मा हिडेका तिलक बस्नेत , अभियान्ता ज्ञानेन्द्र शाही र शान्त शर्माको टिम माथी निर्घात कुटपिट भएको कुरा सामाजिक संजालमा गायक तिलक बस्नेतले पोस्ट गर्नुभएको छ ।

उनले लेखेका छन : समय रातिको १० बजे करे खोलामा कुटपिट भयो, म लगायत मेरो गाडीमा भएका अभियान्ता बाच्न सफल भयौतर ग्यानेन्द्र साही बसेको गाडि तोडफोड र आकर्मण भयो भग्वान बचाइदेउ ।विस्तृत विवरण बुझ्नका लागि हामिले कल गर्दा कसैको पनि सम्पर्क भएको छैन ।

काठमाडौं। प्रहरीले अनलाइन जुवा खेलाइरहेको अवस्थामा बौद्धबाट ७४ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले ८ महिलासहित ७४ जनालाई नियन्त्रणमा लिएको हो।

आइतवार राति ७ बजेतिर काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धस्थित प्लटिङ नजिकै दोलखा घर भएका ३० वर्षीय सुभाष घिसिङले सञ्चालन गरिरहेको रेष्टुरेन्टमा प्रहरीले छापा मा’रेको थियो।
त्यसक्रममा नगदसहित उनीहरुलाई नियन्त्रणमा लिइएको परिसरका एसपी दिनेश मैनालीले जानकारी दिए।

खेलमा प्रयोग गरिने सामाग्री (मोबाइल), बिङ्गो खेल्न प्रयोग गरिने कुपन र नगद समेत नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। उनीहरुको साथबाट ६ लाख १९ हजार रुपैयाँ बरामद गरिएको छ।

महानगरीय प्रहरी बृत्त बौद्धबाट मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-५ अन्तर्गत “जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने” कसूर अन्तर्गत थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

माघ ५ गते महानगरीय अपराध महाशाखाको टोलीले कीर्तिपुर नगरपालिकाको विभिन्न स्थानबाट अनलाइन जुवा खेलाउने १२ जनलाई पक्राउ गरेको थियो। उनीहरुले ३ वटा घरमा २४ सै घण्टा सिफ्ट वाइजज अनलाइन मार्फत् जुवा खेलाउन कर्मचारी समेत राखेको देखिएको थियो।

त्यस्तै माघ ११ गते ठमेलबाट भारतीय नागरिकसहित दुई जनालाई अनलाइन जुवा खेलाइरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो। प्रहरीले जुवा खेलाइरहेको अवस्थामा बागलुङका राकेशकुमार क्षेत्री र भारतको दिल्ली घर भएका जसपाल सिंहलाई नियन्त्रणमा लिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!