September 28, 2022

काठमान्डौ कुस्लब केसी एक कुसल र चर्चित पत्रकार हुन । उन्ले सामाजिक गतिबिधी लाई नियाल्ने काम गर्दछन ।

सधैं सत्य र न्यय को पक्ष मा बोल्ने कुस्लब केशी ले धेरै पीडितहरु लाई न्यय दिलाई सकेको छ ।

आज भने पत्रकार कुस्लब नयाँ भिडियो लिएर आएको छ ।

आउनुश हेरै यो भिडियो जुन भर्खरै सार्बजनिक भएको छ ।

काठमाडौं, माघ ११ ।

जिल्ला प्रहरी कार्यालय गोरखाले बहुविवाह कसूरमा दुई जनालाई पक्राऊ गरेको छ । सिरानचोक गाऊँपालिका वडा नम्वर ४ भर्लाबोटका ४४ वर्षका पुरुष र ४० वर्षकी महिलालाई पुष २४ गते पक्राऊ गरिएको हो ।

सम्धी सम्धिनी नाताका उनीहरुले गत मंसीरमा प्रेम विवाह गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले बताउनुभयो । पक्राऊ परेका पुरुषको दुई छोरा रहेको र कान्छो छोराको सासूसँग दोस्रो बिहे गरेको उहाँको भनाई छ ।

७ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले गत मंसीरमा बिहे गरेको र महिलालाई चितवनमा कोठा भाडामा लिएर राखेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको डिएसपी दाहालले बताउनुभयो ।

गत पुष २३ गते भने उनले सम्धिनीलाई श्रीमतिको रुपमा स्विकार गरेर घरमै ल्याएपछि ४१ वर्षकी जेठी श्रीमतिले प्रहरीमा जाहेरी दिएको दाहालले जानकारी दिनुभयो । उनीहरुलाई पुष २४ गते प्रहरीले पक्राऊ गरेको हो ।

बहुविवाह कसूरमा पक्राऊ परेकी महिलाका श्रीमान् भने रोजगारीका क्रममा भारतमा रहेको र बेलाबखत घर आउने गरेको डिएसपी दाहालले बताउनुभयो ।

उनीहरुविरुद्ध जिल्ला अदालतमा बहुविवाह मुद्धा दर्ता गरि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!