समाजमा महिलाले शवलाई छुनुहुन्न र मलामीसमेत जानुहुन्न भन्ने परम्परा कायमै छ। तर, कैलालीको धनगढीमा कल्पना भट्टको दृष्टी फाउण्डेसनका महिलाले महिलाहरुको शव दाहसंस्कार गरी आफैँले काजकिरिया गर्दै आएका छन्।

नेपाली समाजमा रहेको रुढीवादी परम्परालाई तोड्दै दृष्टी फाउण्डेसनका महिलाहरुले अहिलेसम्म ११ जना महिलाहरुको शव दहासंस्कार गरी काजकिरिया गरिसकेका छन्।

महिलाले मृत शरीरलाई छुनै हुँदैन भन्ने सामाजिक परम्परालाई उनीहरुले चुनौती दिएका छन्।
आफूहरुको कामबारे धेरै आलोचना टिप्पणी हुने गरेपनि त्यसलाई बेवास्ता गर्दै अभियानलाई निरन्तरता दिएको दृष्टी​ फाउण्डेसन धनगढीकी अध्यक्ष कल्पना भट्ट बताउँछिन्।
‘समाजमा महिलाहरुले केही नयाँ काम गरे भने कुरा काट्न सुरु हुन्छ’ कल्पनाले भनिन् ‘त्यसका बावजुद पनि हामीहरुले सडकका वेवारीसे महिलाहरुको उद्धार गर्ने देखि मृत्युपछि अन्तिम संस्कारसम्म गरिरहेका छौँ।’

कल्पनालाई साथ दिने महिलाहरु पनि कसैको कुरा नसुनी अभियानमा जोडिइरहेका छन्। उनीहरुले सडकमा अलपत्र अवस्थामा रहेका महिलाहरुलाई दृष्टी फाउण्डेसनमा आश्रय समेत दिने गरेका छन्।

उनीहरुसँग अहिले थुप्रै असाहय महिलाहरु छन्। शुक्रबार फाउण्डेसको आश्रय गृहमा रहेकी महिलाको सेती प्रदेशिक अस्पतालमा मृत्यु भयो। कल्पनाको टोलीले शव गृहबाट ल्याएर आँफैले सबै दागबत्ती दिए।

उनीहरुको यस कामले रुढीवादी परम्परा हटाउन र समाजमा सकारात्मक परिवर्तन गराउन मद्दत पुगेको भन्दै अन्य महिलाहरुले पनि प्रशंसा गर्ने गरेका छन्।

फाउन्डेसनले मानसिक सन्तुलन गुमाएका घरबारविहीन असहायलाई आश्रय दिँदै आएको छ। उनका आश्रयमा आएका अधिकांश घरको ठेगाना नभएकाहरु छन्।

। फाउन्डेसनमा औषधि उपचारसँगै मनोपरामर्शको समेत व्यवस्था गरिएको छ। नियमित आयस्रोत केही नभए पनि केही संघ संस्था तथा व्यक्तिबाट प्राप्त हुने सहयोगबाट फाउण्डेशन चलिरहेको अध्यक्ष कल्पनाले बताइन्।

पछिल्लो समय फाउन्डसनमा पुगेर जन्मदिन, विवाहाको वर्षगाँठ, आफ्न्तहरुका पुण्य तिथिमा दानगर्ने हरुको संख्या पनि उत्तिकै रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *