वरिष्ठ कलाकार शम्भुराज थापाको निधन भएको छ । सङ्क्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको आज बिहान निधन भएको कलाकार सन्देश लामिछानेले जानकारी दिए ।

तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय थापाले थुप्रै टेलिसिरियल र चलचित्रमा अभिनय गरेका थिए । उनले पछिल्लो समय मेरी बास्सै, भद्रगोल, गोलमाल, हल्का रमाईलोलगायतका टेलिसिरियलमा अभियन गर्दै आएका थिए ।
उनि हल्का रमाइलो टेलिसिरियलमा ‘बखते’ नामबाट दर्शकमाझ चर्चित भएका थिए ।

नेपाली हास्य टेलिश्रृंखलाका नियमित दर्शकका लागि एक चिरपरिचित अनुहार थिए, शम्भुराज थापा । यद्यपि, उनको वास्तविक नाम भने धेरैलाई थाहा थिएन ।
हास्य टेलिश्रृंखला ‘हल्का रमाइलो’ मा निर्वाह गरेको भूमिकाका कारण धेरैले उनलाई ‘बखते’ नामले चिन्थे । लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय थापा एक संघर्षशील कलाकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *