झापा । झापाको विर्तामोडस्थित मेची आँखा अस्पताल अगाडिको सीमाना होटलमा खाजा खाइरहेका तीन जना व्यक्तिको गोपनियता भंग हुने गरी भिडियो खिचेर युट्यूबमा प्रसारण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चरित्र हत्या गर्ने गरी भिडियो खिच्ने उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ पर्नेमा युट्युबर खगेन्द्र घिमिरे, होटल जंगल भ्यु चारआलीका संचालक हेमराज भट्टराई र सोही ठाउँका स्नुकर पूल संचालक सुवास कार्की रहेका छन् ।

पिडीत पक्षले घटनामा संलग्न युट्युबर भाष्कर श्रेष्ठ र खगेन्द्र घिमिरे लगायत छ जनाविरुद्ध (बिहिबार) जाहेरी दिएका थिए ।प्रहरीले जाहेरी दर्ता गरे लगतै युट्युबर घिमिरे, भट्टराई र कार्कीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष आर्चायले जानकारी दिए ।

पक्राउ परेकामाथि अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । साथै सो घटनामा संलग्न युट्युबर भाष्कर श्रेष्ठसहित तीन जनाको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।-न्युज२४नेपालबाट।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *