इटहरी/ नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी अभिनेत्री निशा घिमिरेको पशुपति आर्यघाटमा अन्तिम दाह संस्कार गरिएको छ । उनको पार्थिब शरीरलाई आज बिहीबार विहान ८ बजे देखि ९ बजे सम्म पशुपती आर्यघाटमा अन्तिम श्रद्धान्जलीका लागि राखिएको थियो। निशाको बुधबार बेलुका ६ बजेर ५१ मिलेटमा हस्पिटलमै उपचारको क्रममा निधन भएको थियो । श्रद्धान्जलीका लागि ककाकारहरुकोउपस्थिति रहेको थियो।

तीन वर्षअघि भारतको देहरादूनमा सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएकी अभिनेत्री निशा घिमिरेको गत जेठदेखि नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । तर, उनको स्वास्थ्य अवस्था अझै सुधार नभएको मंगलबार अस्पतालले जनाएको थियो । उनको उपचारमा ५० लाख खर्च भैसकेको समेत अस्पतालले जनाएको छ भने उनको उपचारका लागि भनेर देशबिदेशबाट आर्थिक सहयोगहरु जुटेको छ । तर, उनको निधनले सबैलाई मर्माहत बनाएको छ ।

नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले निशाको नाजुक अवस्था देखेपछि जेठ २७ गते उद्धार गरेर नर्भिक अस्पतालमा निःशुल्क उपचार सुरु गराएकी थिइन् । दुर्घटनापछि उनको लामो समय भारतमै उपचार भएको थियो । तर, अस्पतालको महंगो खर्च धान्न नसक्ने भएपछि उनको परिवारले उनलाई एम्बुलेन्समार्फत् नेपाल ल्याए । उनले मैथिली र नेपाली भाषामा बनेको फिल्म ‘मधेशीपुत्र २’ सँगै केही म्यूजिक भिडियो र टेलिसिरियलमा अभिनय गरेकी छन् । हाम्रो तर्फबाट पनि उनको आत्माको चिर शान्तिको कामना । शोक सन्तप्त परिवारप्रति धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!