आमासँग देखिएकासिद्धार्थ शुक्लाको अन्तिम भिडियो भाइरल भएको छ ।भिडियोमा सिद्धार्थ आफ्नी आमा संग देखिएका छन्। उनी एयरपोर्टमा आफ्नी आमालाई लिन गएको भिडियोमा देखिन्छ ।
भिडियोमा देखिए अनुसार स्फुर्त रुपमा आफ्नो आमालाई लिन एयरपोर्ट पुगेका सिद्धार्थ सुन्दर देखिएका छन् ।

सिद्धार्थको निधनसँगै भिडियो एकाएक भाइरल भएको छ । रियलिटी शो ‘बिग बोस–१३’का विजेता सिद्धार्थ शुक्लाको हृदयघातका कारण निधन भएको छ । टिभी अभिनेता सिद्धार्थको बुधबार राति ४० वर्षको उमेरमा निधन भएको हो ।
करोडौं फ्यान फलोइङ कमाएका अभिनेता सिद्धार्थ शुक्ला पछिल्लो समय आफ्नो करियरको शिखरमा थिए ।

कयौं टिभी शो र फिल्महरुमा काम गरिसकेका सिद्धार्थले टिभी सिरियल ‘बालिका बधु’बाट रातारात चर्चा कमाएका थिए ।
त्यसोत अभिनेता सिद्धार्थले आफ्नो मृत्यु भन्दा ६ दिन पहिले मात्रै पनि मानव जीवनको बारेमा कुराकानी गरेका थिए ।अभिनेता सिद्धार्थ शुक्लले आफ्नो मृत्यु हुनुभन्दा ६ दिन अगाडि मात्र एउटा राम्रो काम गरेर आफ्नो प्रशंसकहरुलाई सन्देश दिएका भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् ।
२ अगस्टका दिन एक व्यक्तिले सिद्धार्थ शुक्लालाई ट्याग गरेर सिद्धार्थले सडक कुकुरहरुको लागि अभियान चलाइरहेको बताएका थिए ।

साथै सिद्धार्थले सडक कुकुरहरुको खानाको लागि पूरा ब्यवस्था गर्ने गरेको बताउँदै सो व्यक्तिले सिद्धार्थलाई धन्यवाद दिएका थिए ।
त्यस्तै, अभिनेता सिद्धार्थले पनि सो ब्यक्तिलाई जवाफ दिदै लेखेका थिए, ‘यस्तो संसारमा मानव जीवन यति सस्तो भएको छ । यो देख्दा रमाइलो लाग्छ । भुसिया कुकुरहरुको लागि करुणा छ ।’

https://www.instagram.com/reel/CTUGBUZAC1u/?utm_source=ig_embed&ig_rid=2dbcedca-c113-41ea-a41e-eb8191dce86d

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!