नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् । गएको वर्ष दिपेक्षविक्रम राणासँग विवाह गरेकी ऋचाले छोरालाई जन्म दिएकी हुन् ।दिपेक्षविक्रले छोरालाई काखमा लिएको एक तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

कमेडी रियालिटी सो कमेडी च्याम्पियन मा जजको रुपमा रहेकी उनले गएको एपिसोडमा आफु अबको एपिसोडमा नआउने बताएकी थिइन् । उमा, लुट लगायतका चलचित्रबाट चर्चामा आएकी ऋचा नेपाली चलचित्र क्षेत्रमा सफल नायिकाको रुपमा चिनिन्छिन् ।

ऋचा शर्मा नेपाली चलचित्र क्षेत्रकी एक अभिनेत्री, मोडल र उद्घोषक हुन्। उनी मिस नेपाल २००७ सौन्दर्य प्रतियोगिताकी उत्कृष्ट दश भित्र परेकी थिइन्। उनी त्यसपश्चात सङ्गीत भिडियोमा अभिनय गरी लोकप्रिय बनेकी थिइन्। उनले नेपाली चलचित्र फस्ट लभ बाट नेपाली चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!