September 28, 2022

विश्वकै दुर्लभ रोग ‘स्पाइनल मस्कुलर एट्रोफी’ बाट ग्रसित शुक्लागण्डकी-५ का ९ महिने उस्मान अलीको निधन भएको हो । कान्ति बाल अस्पतालमा उपचाररत उनको गएराति निधन भएको हो ।

उस्मान अली बचाउ अभियानका दमौली संयोजक मोहम्मद गफ्फार (सुदीप) ले उस्मानको मृत्युको पुष्टि गरेका छन्। निकै महङ्गो उपचार खर्च लाग्ने भएकाले देश तथा विदेशबाट उस्मानको उपचारका लागि सहयोग सङ्कलन जुटाउने कार्य भइरहेको थियो ।
करिब २६/२७ करोड उपचारमा लाग्ने भएकाले उपचार खर्च जुटेपछि उनलाई विदेश लैजाने तयारीमा परिवार रहेको थियो । तर विदेश लगेर उपचार गराउन नपाउँदै उनको निधन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!