September 28, 2022

काठमाण्डौ । सांगित बजार यतिबेला संगितमय बन्दै गएको बेला सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले निकै चर्चा परिचर्चा पाउदै आइरहेका छन्।

कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका र धेरै माया पाएका छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्ला पल्ट धेरै गीतहरु बजारमा आइनै रहेको पाइन्छ।

माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् । रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

यतिबेला विष्णु माझीको नयाँ गीत यथार्थ जिन्दगी बोलको गीत चर्चामा छ। गीतमा सर्जक प्रसाद लामीछानेले लय रहेको छ भने शिव सुवेदीको शब्द रहेको छ। गीत निकै मिठो बनेको आकलन गरिएको छ। भिडियो तर्फ कमल अर्याल र आशा खड्काको अभिनय रहेको छ। बिनोद भण्डारीले भिडियो निर्देशन गरेका हुन्।

लोकप्रिय गायिका विष्णु माझीको आवाजमा नयाँ लोक तथा दोहोरी गीत ‘यथार्थको जिन्दगी…’ सार्वजनिक भएको केहि दिनमा नै चर्चा बटुल्न सफल भएको छ ।

गायिका विष्णु माझिलाई आवाजमा लोकप्रिय गायक विक्रम परियारले साथ् दिएका छन् । गीतको शव्द सृजना शिव सुवेदी र संगीत लोकप्रिय सर्जक प्रसाद लामिछानेले गरेका हुन ।

गीतको संगीत संयोजन कृष्ण विक (भान्जा) को रहेको छ भने मिक्सिङ ध्वनी सम्पादन कुमार रानाले गरेका हुन् । म्यूजिक भिडिओमा मोडल आशा खड्का र कमल अर्यालको दमदार अभिनय देख्न सकिन्छ।

विनोद भण्डारीको निर्देशनमा तयार पारिएको भिडिओको छायांकन दिपक गिरिले गरेका हुन् सम्पादन अमृत चापागाइको रहेको छ ।

हेरौ पुरा भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!