September 29, 2022

नेपाली गीत संगीतको बजारमा नयाँनयाँ गीतहरु आउने क्रम जारी छ । विभिन्न खालका गीतहरुको भीडमा फेरी अर्को गीत ‘पितल नि सुन भयो’ बजारमा आएको छ ।

काठे भाकाको रुपमा रहेको सबिता गिरिको ‘पितल नि सुन भयो’ बोलको गीत सुक्रवार सार्वजनिक भएको हो । सुरेन्द्र गिरिको शब्द तथा बिक्रम् गिरिको संगीत रहेको गीतमा सुरेन्द्र गिरिको स्वर रहेको छ भने उनलाई सबिता गिरीले आवाजमा साथ दिएकी छिन् ।

गीतको म्युजिक एरेन्ज बिष्णु तामांगले गरेका छन् भने गीतको मिक्सिङ र मास्टरिङ सागर पुन र कुमार सानु पुनले गरेका छन् । प्रेमी प्रेमिकाबीचको सम्वादलाई गीतमार्फत प्रस्तुत गरिएको गीतमा बिसुद्ध ठेट नेपाली शब्दहरु प्रयोग गरिएका छन् ।
पछिल्लो समय सांगीतिक बजारमा काठे गीतहरु कमै सुनिन लागेका बेला यो गीतले फेरि काठे गीतको माहोल बनाउने गीतका सर्जकहरुको विश्वास छ ।

म्युजिक भिडियोसहित बजारमा आएको गीत लोक मजेरी म्युजिकको अफिसियल युट्युव च्यानलबाट सार्बजनिक भएको केही समयमै थुप्रै पटक हेरिसकिएको छ ।

बिक्रम गिरिको निर्देशनमा बनेको गीतको भिडियोमा सुरेन्कोद्र गिरि र आयुष्मा कार्कीको अभिनय रहेको छ । गीतको छायांकन प्रतिक ब.श्रेष्ठले गरेका हुन् भने उक्त भिडियोको सम्पादन चेतन सामतले गरेका हुन्

अब हेरौ भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!