लोकप्रिय गायिका पूर्णकला बिसीको आमा अस्पताल भर्ना भएकी छिन।केहि दिन देखि अस्वस्थ भएकै कारण उनको आमा अस्पतालामा भर्ना भएकी हुन्।पूर्णकलाको आमा बर्दियामा बस्नु हुन्थ्यो।
लगातार स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि राजधानी ल्याइएको गायिका पूर्णकला बिसीले लालीगुराँस डटकमलाइ जानकारी दिएकी छिन।

अस्पताल श्रोतका अनुसार पूर्णकलाको आमालाई पित्ता थैलीमा पत्थरी भएको र अहिले उपचार गरिरहेको बताईएको छ।चिरायु अस्पतालमा उपचार गरिरहेको र थोरै कम भए ६ हप्ता पछि मात्रै अप्रेसन गर्ने डाक्टरले बताएका छन।
शरीरमा रोगले आक्रमण गरिसकेको र उक्त रोगलाई निको पार्नको लागि अप्रेसननै गर्न पर्ने बताईएको छ।

केहि समय अगडी गायिका पूर्णकला बिसी पनि बिरामी रहेकी थिइन।उनि बिरामी रहदा पनि सोहि समस्या आएपछि अप्रेसन गरिएको हो।
पत्थरीको सफल सल्यक्रिया पछि उनि अहिले स्वस्थ छिन भने भाई समेत् यही बेला अस्वस्थ रहेको उनको भनाइ छ।आमाको उपचारको लागि बिसी आफै अस्पतालमा बस्दै आएको लालीगुराँस डटकमलाइ जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!