September 28, 2022

स्याङ्जा – स्याङ्जाको गल्याङमा जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । गुल्मीको हर्मिचौरबाट बुटवलका लागि छुटेकोे लु ३ च ४१९१ नम्बरको बलेरो जीप शनिबार सिद्धार्थ राजमार्गको गल्याङ नगरपालिका २ जिरो किलोमिटर नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक अर्जुन बिकले जानकारी दिनुभयो । उहाँका अनुसार जीपमा ६ जना सवार भएकोमा २ जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरुको गल्याङ नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जीप सडकदेखि १५० मिटर तल खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!