राति भेट्न बोलाएर ९ जनाको समूहले तीन बालिकामाथि सामूहिक ब’लात्कार गरेको छ ।
कमलामाई नगरपालिका–५ बोझेका एकै घरका दिदीबहिनी र उनीहरुको आफन्त पर्नेमाथि सामूहिक ब’लात्कार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरी निरीक्षक रामभक्त भट्टराईका अनुसार घ’टना गत शनिबार रातिको हो । ‘शनिबार राति ९ जना युवाहरुले बालिकालाई बोलाएर घरनजिकै बोझे खोला बगरमा लगी सामूहिक ब’लात्कार गरेको पुष्टि भएको छ,’ उनले भने ।
ब’लात्कृत हुने बालिका १५, १६ र १७ वर्षका हुन् ।
प्रहरीका अनुसार ब’लात्कार गर्ने एक जना र ब’लात्कृत हुने एक जना बालिकाको पहिलेदेखि नै चिनजान थियो ।चिनजानको आधारमा ती युवकले बालिकालाई फोन गरेर भेट्न बोलाएका थिए ।
आफ्नै बहिनी र आफन्त बहिनी लिएर उनी भेट्न खोला ब’गरमा गइन् ।
त्यही बेला ९ जनाको समूहले तीनै जना बालिकामाथि सामूहिक ब’लात्कार गरेको प्रहरीको भनाइ छ । प्रहरीले ९ जनामध्ये ३ जना प’क्राउ गरेको छ भने ६ जना फ’रार रहेका छन् ।