पछिल्लो समय धेरै दर्शकहरुले मन पराउदै आयको अर्को फरक रियालीटी सो दोहोरी च्याम्पियनको सिजन १ को महासंग्रामको फाईनलमा बागलुङका बालचन्द्र बराल र म्याग्दीकी शोभा कार्कीको टिम पुगेको छ ।
नेपाल टेलिभिजनबाट प्रस्तुत हुने कार्यक्रम दोहोरी च्याम्पियनमा ३७ टिमलाई पछि पार्दै बागलुलङका बराल र म्याग्दीको रघुगंगा गाउँपालिका- २ राखु भगवतीकी ( म्याग्देली चेली) शोभा कार्कीको टिम फाईनलमा पुगेको हो ।

दोहोरी च्याम्पियनमा विभिन्न ५ राउण्डको प्रतिस्पर्धामा उतकृष्ट प्रर्दशन गर्दै शोभा कार्की र उनको सहकर्मी अर्थात बागलुङका बालचन्द्र बरालको टिम दर्शकको भोटबाट फाईनलसम्मको यात्रा तय गरेका हुन् ।
दोहोरी च्याम्पियन बन्नका लागि बालचन्द्र र शोभाको टिमले दाङकी मिना बुढाथोकी र स्यांजाको प्रकाश पराजुलीसंग आगामी कात्तिक १३ गते पोखरामा प्रतिस्पर्धा गर्ने छन् ।
जहाँ उक्त कार्यक्रमको रौनक-बढाउनको लगी धेरै नेपालका सेलीब्रेटिहरु समेत जादैछन।

दोहोरीको फाईनलसम्म पुर्‍याउन भोट गर्नुहुने म्याग्दी, बागलुङका स्वदेश तथा विदेशमा रहेका दाजुभाई तथा दिदिबहिनीलाई शोभा कार्कीले धन्यवाद दिएकी छन् ।
उनले दोहोरी च्याम्पियन बनाउन आगामी फाईनल राउण्डमा पनि यहाँहरुको भोट महत्वपुणर् रहेको बताउदै भोट गर्न आग्रह गरेकी छिन् ।
सानै उमेरदेखि म्याग्दीको मेलापर्व लगायत देशका विभिन्न ठाउँमा दोहोरी प्रतियोगितामा उतकृष्ट प्रर्दशन गर्दै दोहोरी विधातर्फ चर्चामा रहेकी कार्कीलाई दोहोरीमा च्याम्पियनमा सफल बनाउन भोट आवश्यक रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!