काठमाडौ । मैले श्रीमतीलाई कोरिया लैजान चाहन्थे तर टिकट र भिसाा समेत लिइसकेपछि श्रीमती सम्पर्क विहिन भइन भन्दै मिडियामा आएका सुर्खेतका तिलक बहादुर चौधरीले आफै बोली फेरेका छन् ।
उनले अब मलाई श्रीमती चाहिन्न, मलाई सम्पत्तीको पनि माया छैन म अलग हुन चाहन्छु भनेका छन् ।
उनी आफै कोरियावाट नेपाल आएर पनि परिवारको सम्पर्कमा नआएको खुलेको छ ।

श्रीमानले कोरियावाट आएर श्रीमती हराइन् भन्दै भिडियो सार्वजनिक गरेपछि उनको श्रीमती सम्पर्कमा आएकी हुन् । उनले श्रीमानले एक तर्फी रुपमा आफुलाई आरोप लगाएको बताएकी छन् ।
सुर्खेतका तिलक बहादुर चौधरी कोरियामा थिए नेपाल आएर उनले केशरी चौधरीसंग विवाह गरे ।

घर परिवार राम्रो चलिरहेको थियो । तिलकले श्रीमती केशरीलाई पनि कोरियामै लैजान पाए झन राम्रो हुन्थ्यो भन्ने लाग्यो । उनले त्यही योजना बनाए । उनीहरुको मागी विवाह भएको थियो ।
उनले कोरीयामा राम्रै पैसा कमाउँथे । उनले कमाएको पैसा सबै श्रीमतीको नाममा पठाए । राम्रै चलेको थियो उनले श्रीमतीलाई पनि कोरिया लैजान सबै प्रोसेस मिलाए ।
भिसा लाग्यो, उनले टिकट पनि लिए । अनि श्रीमतीसंगै कोरिया आउन भनेर नेपाल फर्किए ।

श्रीमतीलाई कोरिया लिएर जाने भनेर नेपाल आएका तिलकले कल्पना पनि गर्न नसक्ने कुरा सहे । जब टिकट लिएर उनी कोरियावाट नेपाल आए कोरिया उड्ने बेलामा श्रीमती भने अन्तै हिडिन् ।
यहि आरोप तिलकले केशरीलाई लगाएका छन् । तर फोन सम्पर्कमा आएकी केशरीले भने आफुले केही गल्ती नगरेको र माइतीको संरक्षणमा बसेको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!