जनार्दन शर्माको अर्को बोल्ड निर्णय ! कुनैपनि कार्यालयले नया गाडी किन्न नपाउने ! पुरानै बनाएर चलाउनु पर्ने

सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड, २०७८ अनुसार सरकारको स्रोत, वैदेशिक अनुदान तथा ऋणबाट यी दुई प्रयोजन बाहेक नयाँ गाडी खरीद गर्न नपाइने भएको हो ।
तर, मापदण्डले दुई पाङ्ग्रे सवारी साधनको खरीदमा भने रोक लगाएको छैन ।

सार्वजनिक खर्च घटाउन सरकारले सरकारी गाडी सञ्चालनमा समेत कडाइ गरेको छ । अब सार्वजनिक बिदाको दिन सरकारी गाडी सञ्चालन गर्न अनुमति लिनुपर्ने छ ।
मापदण्डमा सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन चलाउन काठमाडौं उपत्यकाभित्र सम्बन्धित निकायको सचिव वा प्रमुख जिल्ला अधिकारी (सीडीओ) र उपत्यका बाहिर सीडीओको अनुमति लिनुपर्नेछ ।

खर्च कटौतीको लागि सरकारीले अनावश्यक विज्ञापन तथा शुभकामना छपाइमा पनि कडाइ गरेको छ ।
मापदण्डले सरकारी खर्चमा शुभकामना कार्ड र सन्देश प्रकाशन वा प्रसारणमा पनि रोक लगाएको छ ।
मापदण्डले आवासीय गोष्ठी वा कार्यशाला आयोजना गर्न रोक लगाएको छ ।

विशिष्ठ व्यक्ति बाहेक सरकारको प्रतिनिधित्व गरी विदेश जाने प्रतिनिधि मण्डलमा तीन जनाभन्दा बढी व्यक्ति समावेश समेत गर्न नपाइने भएको छ ।
तीनभन्दा बढी व्यक्ति समावेश गर्नुपर्ने भए अर्थ मन्त्रालयको अनुमति लिनुपर्नेछ ।

विशिष्ठ व्यक्ति बाहेक सरकारको प्रतिनिधित्व गरी विदेश जाने प्रतिनिधि मण्डलमा तीन जनाभन्दा बढी व्यक्ति समावेश समेत गर्न नपाइने भएको छ ।
तीनभन्दा बढी व्यक्ति समावेश गर्नुपर्ने भए अर्थ मन्त्रालयको अनुमति लिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!