काठमाडौ, साउन २२ । नुवाकोटकी २८ वर्षकी सोमिका तामाङले एकै पटक ५ वटा शिशुलाई जन्म दिएकी छन्।तामाङले चार जीवित र एक जना मृ-त शिशुलाई जन्म दिएकी हुन् । उनी थापाथलीस्थित परोपकार प्रसूति गृहमा शल्यक्रियामार्फत सुत्केरी भएकी हुन।

मृ-तक शिशु छोरा हुन् भने अन्य चार जना छोरी रहेका छन् । अप्रेशन टोलीका प्रमुख डा कीर्तिपाल सुवेदीलेका अनुसार हाल एक जना शिशुलाई एनआईसीयूमा राखिएको छ तीन वटा शिशुलाई आमाको जिम्मा लगाइसकेको छ ।
एनआईसीयूमा राखेको शिशुको अवस्था समान्य रहेकोे जनाईएको छ । डा.सुवेदीका अनुसार एनआईसीयूमा राखेको बच्चाको तौल आठ सय ग्राम छ भने अन्य तीन जनाको तौल क्रमश १.८, १.९, १.६ ग्राम रहेको छ ।

यो पनि पढ्नुहोस

नेकपा एमालेको माधव नेपाल पक्षले तत्काल सरकारमा नजाने भनिरहेको छ । तर, यो भनाई उसको रणनीतिक मात्र भएको बुझिएको छ । नेपाल पक्षले संविधान र विद्यमान कानुन अनुसार सरकारमा जान बाधा रहेको निष्कर्ष निकालेको छ । तर, नेपाल पक्षले सरकारमा जाने सम्भावनाको ढोका पूर्णत बन्द गरिसकेको छैन ।

एमाले एक हुने या नहुने छिनोफानो आगामी हप्ता लागिसक्ने भएकाले त्यसले नै नेपाल पक्ष सरकारमा जाने नजाने निश्चित गर्ने बुझिएको छ । एमालेको माधव नेपाल पक्ष सरकारमा सहभागी भएमा उपसभामुखसहित ६ मन्त्री पाउने बुझिएको छ ।
संविधान अनुसार एउटै दलको सभामुख र उपसभामुख हुन मिल्दैन । माओवादी केन्द्रबाट सभामुख भएकाले उपसभामुख एमालेको माधव नेपाल पक्षले पाउने गरी प्रस्ताव पुगिसकेको छ ।

देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसदमध्ये अधिकांश सरकारमा जान आतुर छन् । उनीहरु नेता नेपालमाथि दबाब दिइरहेका छन् । तर, त्यसका लागि माधव नेपाल पक्ष ओलीसँग वार कि पार गरेर मात्र टुंगो लगाउने पक्षमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!