केही समय अगाडि बाट धेरै च’र्चा’मा आएका भाइरल झाक्री, कृष्ण घतानीको नि”धन भएको छ । निधन हुनेमा फुङलिङ नगरपालिका ९ हाङदेवा निवासी लक्ष्मी घतानीका छोरा भाइरल झाँक्री नामले परिचित २५ वर्षीय कृष्ण बहादुर घतानी रहेका छन् । उनको जिल्ला अस्पताल ताप्लेजुङमा आज (शनिबार) विहान करिब २ बजेर ३१ मिनेटमा निधन भएको प्र’हरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभयो ।

पुर्व सांसद सञ्चपाल मादेनका अनुसार घतानीलाई करिब हिजो बेलुकी ८ बजे सर्पले दाहिने हातको हत्केलामा डसेको थियो । स’र्पले डस्नसाथ झारफुक गर्नका लागि एक जना साथी सहित बाइकमा पुजारी कहाँ गएको र बीचबाटोमै बाइक विग्रिएपछि पैदल मार्फत गएका थिए । झारफुक प’श्चात पनि स्वास्थ्यमा थप समस्या देखिन थालेपछि अस्पताल लानका लागि गाडी समयमै नभेटिएको मादेनले बताउनुभयो ।

हिजो टीकाका दिने सबै चालक छुट्टीमा भएकाले समयमै गाडी नपाइएको हो । समयमै गाडी नपाइएकाले पनि ज्यान बचाउन नसकिएको आफन्तले बताएका छन् ।शवलाई भोलि असोज ३१ गते अन्त्यष्टि गर्ने पारिवारिक श्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!