September 28, 2022

काठमाडौँ : सल्यानमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ। घाइतेमध्ये कुमाख गाउँपालिका वडा नं. २ का ३६ वर्षीय बुद्धि थापा, २९ वर्षीया दुर्गा खत्री, ३२ वर्षीया लोकमाया पुन गम्भीर रहेका छन्।

सल्यानको मर्मपरिकाँडाबाट बाँकेको नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ज ९३० नम्बर जीप बुधबार बिहान ९:२० बजेतिर कुमाख गाउँपालिका वडा नं. २ धावनखोला नजिक दुर्घटनामा पुरेको सल्यान प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले बताए।
घाइतेमध्ये तीन जनाकाे अवस्था गम्भीर घाइते भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ। तीनै जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएकाे छ । अन्य घाइतेहरूकाे भने सल्लीबजारमा उपचार भइरहेकाे छ ।

प्रहरीका अनुसार जिप सडकबाट झन्डै ६० मिटर तल खसेको थियाे । दुर्घटनाकाे कारण भने खुल्न सकेकाे छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!