काठमाडौं, कात्तिक १० – सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा थप चार जना घाइते भएका छन् ।

विराटनगरबाट इटहरीतर्फ गइरहेको प्रदेश २-०३-००१ ख १७७२ नम्बरको ट्रकले प्रदेश २-००१-०३-च २८५१ नम्बरको कारलाई ठक्कर दिएको थियो । ओभरटेक गर्दा कार ट्रकमा ठोक्किएर सडकमा राखिएको डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ ।

कारको ठक्करले उछिट्टिएको डिभाइडरले लागेपछि पैदलयात्री विराटनगर ६० वर्षीय रमेशकुमार पाण्डेको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारले पैदलयात्रीलाई ठक्कर दिएपछि इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको बा२झ ३२६५ नम्बरको नेपाली सेनाको स्कारपियो गाडीमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी कार चालक सप्तरी राजविराज घर भएका दिलीपकुमार यादव, ब्रमदेव यादव, गिरीराज चौधरी र सुनिता यादव घाइते भएका छन् । उनीहरूको विराटनगरस्थित अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

नेपाली सेनाले चलाएको स्कारपियो र ट्रक चालक अहिले मोरङ प्रहरीको नियन्त्रणमा रहेका छन् । घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!