काठमाडौको ललितपुरबाट छोरा हराए ।प्रहरीलाई रिपोर्ट समेत गरियो तर ४ वर्षदेखि ह राएको छोरो अहिलेसम्म पत्ता लागेन ।अहिले छोरोको फोटो काठमाडौ भरी टाँस्दै हिड्दै छिन् आमा ।गा जा खाएको तालमा आफुलाई समीर घिसिङ अर्थात भिटेन हुँ भन्दै हिड्थ्यो छोरा अहिले बेपत्ता भएको छ ।
तनहुँ घर भएकी निर्मला राई गरिबीको कारणले दुबईमा काम गर्न गएकी थिइन् ।बुढा मलेसिया गएका थिए तर कमाएको पैसा न श्रीमतीलाई दिन्थे न छोरोलाई ।श्रीमानले पनि ला गु औषध प्रयोग गरेर आमा छोरालाई निकै पि ट्ने गरेपछि निर्मलाले छोरोको भविष्य जोगाउन भनेर श्रीमानदेखि छोरोलाई टाढै राखी उनी विदेश गएकी थिइन् ।
छोरोले कक्षा १० को परिक्षा दिएर बसेको र उनी १६ वर्षका र नाम करण राई रहेको आमाले बताइन् ।त्यही छोरोको लागि आफुले काम गर्न अर्काको देश गएकी थिइन् निर्मला तर उहीँ छोरो नै ह राएपछी कसको लागि काम गर्नु भन्दै उनी नेपाल आइन् ।
भिटेनको गीत निकै सुन्ने गर्थे करण ।आफुलाई भिटेनसँगै लगिदिन भन्ने गर्थे सधैं तर अहिले उनी कहाँ छन् के गर्दैछन् थाहा छैन ।आमा रु दै छोरोको खोजी गरिदिनु भन्दै निकै अपिल गरिरहेका छन् ।
भिडियो हेर्नुस् :-