काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरव प्रसाद लम्सालको ८४ वर्षको उमेरका आज बिहीबार बिहान निधन भएको उनको परिवार स्रोतले जानकारी दिएको छ ।

नी केही दिनदेखि चाबहिलको मेडिकेयर अस्पतालमा उपचाररत थिए । पछिल्लो पटक तीन दिन अघि स्वास्थ्यमा थप समस्या भएपछि अस्पताल भर्ना भएका थिए ।
उनमा विगतमा मुटुसम्बन्धी समस्या थियो । उनी लम्साल आयोगको प्रतिवेदनका कारण चर्चित छन् । लम्साल २०५८ सालमा गठित बहुचर्चित सम्पत्ति छानबिन आयोगका अध्यक्ष थिए । यो पनि ;

एकीकृत समाजवादी प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै छन्। वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधवार राजीनामा दिएपछि त्यसको भोलिपल्ट चार दलीय गठबन्धनका तर्फबाट पाण्डे मुख्यमन्त्री बन्ने भएका हुन् ।
गठबन्धनले हिजै ५९ प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेस गरिसकेको छ। मुख्यमन्त्री दाबीका लागि हस्ताक्षर गर्नेहरूमा माओवादी केन्द्रका २३, नेपाली काङ्ग्रेसका २२, नेकपा एकीकृत समाजवादी (एस)का १३ र जनता समाजवादी पार्टी (जसपा)का १ सदस्य छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले दलहरूलाई मुख्यमन्त्रीमा दाबी गर्न आज दिउँसो ३ बजेसम्मको समय दिएका छन्। तर पाण्डेबाहेकको दाबी पेस हुने सम्भावना छैन । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने भएकाले पाण्डे नै मुख्यमन्त्री बन्ने पक्का जस्तै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!