देउमाई नगरपालिकामा एक व्यक्तिले आफ्नै पत्नी र छोरीको टो’ ‘केर ह’ ‘त्या गरेका छन्। देउमाई–५ बारुङका ३३ वर्षीय कमल भनिने पूर्णचन्द्र तामाङले पत्नी ३४ वर्षीया सीता र छोरी १६ वर्षीया शिक्षाको ह’ ‘त्या गरेको प्रहरीले जनाएको छ। आफू धामी भएको भन्दै चिन्ता बस्ने क्रममा कमलले पत्नी र छोरीको टो’ ‘केर ह’ ‘त्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए।

‘रोग निको पार्ने भन्दै पहिला श्रीमतीलाई ज’थाभा’वी टो’के’पछि मृत्यु भएको देखिन्छ’ श्रेष्ठले भने ‘पछि छोरीलाई समेत गरेपछि उनको पनि मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ।’ छोरी र श्रीमतीको ह’ ‘त्याको बारेमा गाउँलेले थाहा पाएपछि कमललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको एसपी श्रेष्ठले जानकारी दिए।

आफूलाई देउता आएको भन्दै एक हप्तादेखि अस्वभाविक कृयाकलाप गरिरहेका तामाङले परिवारका अन्य सदस्यलाई पनि आ’क्र’म’ण गर्न खोजेका थिए। तर उनको परिवारका ६३ वर्षीय बाबु लाल बहादुर तामाङ, आमा भीममाया तामाङ जेठि दिदी शान्ता तामाङ, माइली दिदी आशा तामाङ र तामाङका दुई छोरीले भा’गे’र ज्या’न ब’चाएको छिमेकी शिव कार्कीले बताए।

‘बिहान चार बजे तिर हामी पुग्दा घरभित्र श्रीमती, छोरी र कुकुरको शव थियो।’ छिमेकी कार्कीले भने ‘त्यसपछि हामीले प्रहरीलाई खबर गरेका हौं।’ केही समयदेखि कमलले बाबुलाई समेत छोरो नभनी गुरु सम्बोधन गर्न भन्ने गरेको कार्कीले बताए। तामाङकी जेठी दिदी शान्ता केहिदिन अघि माइत आएकी थिइन् भने माईली आशा सोमबार मात्रै माइत आएकी थिइन्। उनीहरु भा’गेर फुपुको घरमा लुकेर ज्या’न ब’चाएको बताएको छिमेकी कार्कीले जानकारी दिए।

स्थानीयका अनुसार मृतकको जि’उ’मा टो’के’का दा’गहरु रहेका छन्। कार्कीले भने ‘का’टे’को जस्तो कतै देखिदैन, टो’के’रै मा’रेको जस्तो देखिन्छ।’तामाङलाई इलाका प्रहरी कार्यालय मंगलबारेमा राखेर अनुसन्धान अघि बढाइएको छ। प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ। तामाङका माईली छोरी दिवाना ८ बर्षकी छन् भने कान्छी छोरी दिप्निा साढे ३ बर्षकी छन्।

यो पनि
काठमाडौं – युट्युबमा एक बालिकाको भिडियो निकै भाइरल भइरहेको छ । भिडियोमा देखिएकी बालिकालाई ‘बेबी श्रीदेवी’ नाम दिइएको छ । यो भिडियोको आधारमा यहाँसम्म भनिएको छ कि पृथ्वीमा श्रीदेवीको पुनर्जन्म भइसकेको छ ।

यो भिडियो श्रीदेवीको निधन हुनुभन्दा पहिले नै अपलोड गरिएको हो । नोइक्स टिभी नामको युट्युब च्यानलमा अपलोड गरिएको यो भिडियो श्रीदेवीको निधनपछि भाइरल भएको हो ।

पछिल्लो १५ वर्षमा मात्रै दुईवटा चलचित्रमा काम गरे पनि श्रीदेवीका शुभचिन्तक र फ्यानहरुको कमी छैन । उनी जीवित रहेको भए आज (अगस्ट १३) का दिन ५५ वर्षकी हुने थिइन् ।

श्रीदेवी ती खास अभिनेत्रीमा रहिन् जसले लिङ्ग र भाषाको सीमा पार गरिन् अनि हिन्दी, तमिल, तेलुगूसहितका भाषाका चलचित्रमा सुपरस्टार बनेर राज गरिन् ।

गएको फेब्रुअरीमा दुबईमा उनको निधन भयो । निधनलाई लिएर धेरै विवाद पनि भयो । अहिले उनी छैनन् । तर सामाजिक सञ्जालमा उनले पोस्ट गरेका सामग्रीका आधारमा श्रीदेवीलाई जान्ने प्रयास गरेका छौँ ।

यो भिडियोलाई अहिलेसम्म १ करोड ३० लाख भन्दा बढी पटक हेरिएको छ । यो भिडियोको श्रीदेवीको पुनर्जन्मसँग कुनै सम्बन्ध नभएपछि श्रीदेवीको मृत्युपछि भने यो भिडियो निकै हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!