September 28, 2022

वीरगञ्ज, १३ कात्तिक-भारतको रक्सौलबाट अवैधरुपमा वीरगञ्जतर्फ ल्याउँदै गरिएको चाँदीका गरगहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चाँदी जस्तो देखिने धातुबाट बनेको तयारी गरगहना एक किलो ४५ ग्रामसहित भारतीय बीआर२२एसी ४०९९ नंको पल्सर मोटरसाइकलमा सवार वीरगञ्ज महानगरपालिका– १ का ३९ वर्षीय रामबाबु साह सोनारलाई प्रहरीले वीरगञ्ज महानगरपालिका–१७ अलौ सिर्सियाबाट पक्राउ गरी आवश्यक कानुनी कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

अविरल तामाङको ‘लानी धिनी’ बजारमा-तामाङ समाज अष्ट्रेलियाका उपाध्यक्ष अविरल तामाङको पहिलो भिडियो एल्बम ‘लानी धिनी‘ बजारमा आएको छ । युट्युब च्यानल मिनशेङस प्रोडक्सनबाट तामाङको गीत सार्वजनिक गरिएको हो । अष्टे«लियामा रहेर समाजसेवामा सक्रिय तामाङ आफ्नो भिडीयोले दर्शक र स्रोताको मन जित्नेमा विश्वस्त हुनुहुन्छ ।

गीतमा तामाङको शब्द, जोगलाल लामाको सङ्गीत र पहिलो नेपाली तारा सन्तोष लामा र गायिका सिर्जना स्याङतानको आवाज छ । दीपेश प्रधानले मिक्सिङ गरेको उक्त गीत सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । म्युजिक भिडियोमा नायक कुमार मोक्तान र नायिका सीता लामाको अभिनय छ । भिडियो काभ्रे, सिन्धुली लगायतका रमणीयस्थलमा छायाङ्कन गरिएको हो । सो भिडियो त्रिलोक लामाले छायाङ्कन तथा सूर्य लामाले सम्पादन, निर्देशन, कलर डोन र छायाङ्कन गर्नुभएको हो ।(रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!