September 28, 2022

प्रकाश पराजुली र मिना बुढाथोकी बने पहिलो दोहोरी च्याम्पियन,बालचन्द्र बराल,रिता रावत सम्मको रुवाबासी,दर्शक झन रोए

नेपालको पहिलो दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीले जित्नुभएको छ ।पोखरामा शनिबार साँझ भएको ग्रान्ड फिनालेमा पराजुली र बुढाथोकी समूहले जितेको हो ।
पोखरास्थित बाराहीघाटमा हजारौं दर्शकबीच भएको कार्यक्रममा विजेता समूहले नगद २० लाख रुपैयाँ साथमा १ करोड रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छ ।

दोस्रो भएको छ शोभा कार्की र बालचन्द्र बरालको समूह । उपविजेता समूहले नगद १० लाख रुपैयाँ तथा ५० लाख रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छ ।
विजेता, उपविजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार प्रदान गर्नुभयो ।त्यस्तै तेश्रो भने रिता रावत र सबिन आचार्य भएका छन राजेन्द्र पाठक र मिना नेपाल उक्त च्याम्पियनबाट सान्तोना भएका हुन्

कि एड्भटाइजिङ प्रालिको प्रायोजनमा नेपाल टेलिभिजनले नेपालको पहिलो दोहोरी च्याम्पियन रियालिटी शो सञ्चालन गरेको हो ।कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल तामाङले ‘दोहोरी च्याम्पियन– २’ सञ्चालन गर्ने घोषणा गर्नुभयो ।

यस अगाडी प्रकाशित समाचार पढ्नुहोस
दोहोरी च्याम्पियनको फाइनल यतिबेला पोखरामा हुन लागेको छ।सबैले प्रतीक्षा गरेको यो बिशेष रियालिटी सोको फाइनल पोखरामा हुने केहि हप्ता अगाडीनै घोषणा भएको थियो सोहि कारण पनि आज उक्त कार्यक्रमबाट एक टिम नेपालको पहिलो मौलिक दोहोरी च्याम्पियन बन्ने भएका छन। दुवै टिम बलियो हुदै गर्दा दर्शकले यो पटक कुन टिमलाई जिताउला भन्ने प्रश्न उठेको छ।

अघिल्लो भागहरुमा निर्णायकको आधा मत र दर्शकको आधा मतको आधारमा प्रतिष्पर्धी अगाडी बढ्ने थिए भने अन्तिममा सबै जिम्मेवारी दर्शकलाई दीइएको छ।यस्तो किन भयो भन्ने प्रश्नमा बद्री पंगेनी भन्छन ‘यो नियम ठुला ठुला रियालिटी सोहरुमा पनि हुने गर्दछन सोहि अनुरुप रियालिटी सो को फर्म्याटमै यही कुरा समाबेस थियो र हामीले दर्शकलाई फाइनल टिम जिताउन जिम्मा दिएका हौ’।

नेपाल टेलिभिजन मार्फत प्रशारण हुने उक्त रियालिटी सोको फाइनल अहिले दिउँसो २ बजे देखि पोखराको लेकसाइड अबस्थित फेवाताल बाराही मन्दिर अगाडीओ स्टेजमा हुने भएको छ।प्रकाश पराजुली र मिना बुढाथोकीको टिम संगै बालचन्द्र बराल र शोभा कार्कीको टिम मध्ये एक टिम आजबाट पहिलो दोहोरी च्याम्पियन हुने छन।दुवै टिमको दाबेदार बलियो देखिन्छ।

अघिल्लो भागहरुमा धेरै बलियो टिमहरुलाई पराजित गर्दै आएको प्रकाश को टिम र बालचन्द्रको टिम मध्ये कसलाई दर्शकले बढी भोट दिन्छन भन्ने केहि समय पछि थाह हुने छ।गण्डकी प्रदेशका मुख्य मन्त्रि कृष्ण चन्द्र नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा टप ३ को फाइनल भिडन्त पनि हुने भएको छ।फाइनलमा रिता रावत र सबिन आचार्यको टिम संग राजेन्द्र पाठक र मिना नेपालको टिम भिड्ने भएका हुन्।टेलिभिजन लाइभ भने ४ बजेपछि मात्रै हुने आयोजक टिमका कार्यक्रम प्रस्तोता बद्री पंगेनीले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!