डडेल्धुरा, १४ कात्तिक – डडेल्धुरामा बस दुर्घटनामा १० जना घाइते भएका छन् । आलिताल गाउँपालिका-१ स्थित घण्टेश्वर मन्दिर नजिक ना८ख ६१३२ नम्बरको बस दुर्घटनामा परेको हो ।

बस दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको डडेल्धुरा प्रहरीले जनाएको छ । बस सडकबाट करिब १ सय मिटर तल खसेको हो। बसमा ३२ जना सवार रहेको र १० जना घाइते भएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

डीएसपी नेपालका अनुसार घाइतेलाई उपचारका लागि धनगढी लगिएको छ । दुई जनाको अवस्था गम्भीर छ ।

घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका-६ का ४५ वर्षीया बिर्मा ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका-८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार-६ का ३० वर्षीय देवदत्त जोशी, पुर्चौँडी नगरपालिका-१० का ३० वर्षीय चन्द्रबहादुर विष्ट, दोगडाकेदारकै ३५ वर्षीय प्रकाश विष्ट र केशव दत्त जोशी रहेका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!