सुनसरीको धरानमा आज पत्रकार किसन राईको अन्त्येष्टि गरिएको छ । कात्तिक ७ गते साँझ खोटाङमा भीरबाट खसेर निधन भएका उनको झण्डै एक हप्तापछि किराँत परम्पराअनुसार अन्तिम संस्कार गरिएको हो ।

हङकङबाट प्रकाशन हुने एभरेष्ट खबरका सम्पादक प्रकाशक तथा नेपाल पत्रकार महासंघ हङकङ शाखाका अध्यक्षसमेत रहेका राईको आफ्नै गृहनगर धरानको १५ नम्बर वडामा संस्कार गरिएको हो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमपछि धरान–१५ स्थित किरात राई यायोक्खाको कार्यालय परिसरमा आफन्त तथा शुभेच्छुकहरुका लागि श्रद्धाञ्जली दिइएको थियो ।

उनको श्रद्धाञ्जलीका लागि पूर्वमन्त्री रकम चेम्जोङ, जनजाति नेता आङकाजी शेर्पा, नेकपा एमालेका केन्द्रीय सदस्य मुरारी सुवेदी, धरान उपमहानगपालिकाकी उपप्रमुख मञ्जु भण्डारीलगायत पुगेका थिए ।
राईको पार्थिव शरिरमा हङकङ नेपाली महासंघ, धरान हङकङ मञ्च, किराँत राई यायोक्खा सुनसरीलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले पुष्पगुच्छा, खदा र माला चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

हङकङबाट उनकी आमा, श्रीमती, छोरा तथा बेलायतबाट छोरा र आफन्त आएपछि अन्तिम संस्कार गरिएको हो । हंकङमा रहेर नेपाली
समुदायको हक र अधिकारका लागि समेत अग्रपंत्तीमा रहदै आएका राईलाई नेपाल सरकारले यही वर्षको जनसेवाश्री पदक प्राप्त गर्नेहरुको सूचीमा नाम सार्वजनिक गरेको थियो । सोही पदक लिन नेपाल आएका उनको ओखलढुंगा हुँदै भोजपुर जाने क्रममा खोटाङको भीरबाट लडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!