September 28, 2022

काठमाडौँ – तिहारको मुखमा यात्रुबाहक बस दु,र्घटना भएको छ । दु,र्घटनामा १० जना घा,इते भएका छन्।

डडेल्धुराको आलिताल गाउँपालिका १ स्थित घण्टेश्वर मन्दिर नजिक ना ८ ख ६१३२ नम्बरको बस दुर्घटना भएको हो। प्रहरीका अनुसार बस सडकबाट करीब एक सय मिटर तल खसेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बसमा ३२ जना सवार रहेको थिए। दु,र्घटनामा १० जना घा.इते भएका छन्। घा.इतेहरुलाई उपचारका लागि धनगढी लग्न लागिएको छ।
घा,इते हुनेहरुमा बैतडीको डिलाशैनी गाउँपालिका ६ का ४५ वर्षीय किर्मा ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका ८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार ६ का ३० वर्षीय देवदत्त

जोशी, पुर्चौँडी नगरपालिका १० का ३० वर्षीय चन्द्रबहादुर विष्ट, दोगडाकेदारकै ३५ वर्षीय प्रकाश विष्ट र केशवदत्त जोशी रहेका छन्। अन्य घाइतेका परिचय खुलेको छैन।
घ,टनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। प्रहरी टोली घटनास्थल पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!