केहि समय अघि बखतेले आफू बस्दै आएको हिमेश र मेघ्नाको घर छाडेर एक्लै बस्ने निर्णय गरेका थिए । सधै अरुकै भरमा बस्नु भन्दा आफै केही गरेर जिन्दगी चलाउनु पर्छ भन्ने उद्देश बोकेर आफुले एक्लै बस्ने निर्णय गरेको बताएका थिए । पहिले देखि नै एक महिलासगँ उनको टिकटक भिडियो देख्न सकिन्थ्यो । जसलाई थुप्रै दर्शकले मन पराएका थिए । तर दर्शकहरुले बिबाह गर्नुस, प्रेमी प्रेमिका हो ? भन्ने जस्ता टिप्पणी सामाजिक संजालमा गर्ने गरेका छ्न ।

शारीरिक बनावट उस्तै भएकै कारण पनि हेर्दा उनिहरुको जोडि मिलेको देखिन्छ । त्यसैले पनि दर्शकहरुले आफुहरुलाई बिबाह गर्न सुझाब दिने गरेको किरणले बताए कि छिन । तर मन पराएको सबै नपाईने र देखेकोले नहुने लेखेको चाहिन्छ भन्दै किरणले अहिले बिबाह नै होला भन्ने कुरा भन्न नसकिने बताउँछिन । भविस्यमा के हुन्छ त्यो त देख्न सकिन्न त्यसैले के होला भन्ने कुरा अहिले भन्न नसकिने बताईन । तर आफुहरु राम्रो साथि बनेको उनले बताईन । सगै काम गर्दै आएको र सबैले मन पराइदिनु भएको छ भन्ने उनको भनाई छ ।

बखते मिलनसार भएको र कुनै काम गरौ भन्दा मिलेर गर्ने भएकोले गर्दा अहिलेसम्म आफुहरु मिलेर काम गरिरहेको उनको भनाई छ । तर जिन्दगीको कुरा भनेको अरुले जोडि मिल्यो भनेर टिप्पणी गर्दैमा या भन्दैमा सम्बन्ध जोडि हाल्नु राम्रो नहुने उनको भनाई छ । वैवाहिक सम्बन्ध जिन्दगी बिताउनका लागि जोड्ने भएकाले अरुले भनेको सुनेर भन्दा पनि आफुले राम्रो सगँ सोचेर के गर्दा राम्रो हुन्छ भन्ने बुझेर मात्र निर्णय लिनु पर्ने किरणको भनाइ रहेको छ । कुनै पनि निर्णय हतारमा लिनु नहुने उनको भनाई छ ।

बखते भने केही समय अगाडि श्रीमतीसगँ सम्बन्ध बिच्छेद बसेका थिए ।गरि त्यसपछी हिमेश सगै उनकै घरमा बस्दै आएका उनी केही समय अगिबाट एक्लै बस्ने भन्दै त्यहाबाट निस्किएका थिए । त्यस पछि उनिसगैँ टिकटकमा देखिन थालेकि किरणलाई कतिपयले उनिहरु बिबाहित पनि भन्ने गरेका थिए । टिकटकमा सबैले मनपराइदिएर नै उक्त प्रतिक्रिया दिनुभएको भन्दै उनले त्यो आफुहरु प्रतिको माया भएको बताईन । आफुहरुको जोडि उस्तै भएकोले पनि मिलेको देखिएर त्यसो भन्नू स्वभाविक भएको उनको भनाई छ ।

तर आफुहरु एक असल साथै भएको उनले बताईन । आफुहरु बिच कुनै प्रेम सम्बन्ध केही नरहेको र कामको शिलशिलामा भेट हुदाँ जोडि मिल्ने भएकोले टिकटकहरु मात्र सगैँ बनाउने गरेको किरणले बताएकी छिन । केही समयदेखी बखत पनि एक्लै बसेको र आफू पनि एक्लै भएका कारणले दर्शकहरुलाई कतै उनिहरु प्रेम सम्बन्धमै छन कि भन्ने लागेको हुन सक्ने किरणले बताएकी छिन । त्यसलाइ आफुले स्वभाविक रुपमा लिएको उनको भनाई छ । तर त्यस्ती सम्बन्ध भने केही नभएको उनले बताइन । (भिडियो हेर्नुस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!