पछिलो समय सर्वोच्च अदालतको बिषयलाई लिएर थुप्रै चर्चा हुने गरेको छ । अझ भनौ अहिले नेपालको पुरै राजनीति सर्वोच्च अदालतकै विषयमा केन्द्रित भएको छ । त्यसै घटनाको बारेमा पत्रकार सम्मेलनमा बोल्दै सामाजिक अभियान्ता ज्ञानेन्द्र साहीले सर्वोच्च अदालत कोहि ब्याक्तीको नभएर सम्पुर्ण नेपालिको आस्थाको केन्द्रसगँ जोडिएको भन्दै त्यसलाई कसैले आफ्नो मुठ्ठीमा लिन खोजे त्यो दुर्भाग्यपुर्ण हुने चेतावनी दिएका छन । सम्पुर्ण जनताले न्याय खोज्ने ठाउँ सर्वोच्च अदालतमा कसैले आफ्नो अपराध लुकाउने थलो बनाउन नखोज्न उनको चेतावनी थियो ।

राजनैतिक दलका केही अपराधी नेताहरुले सर्वोच्च अदालतलाई बन्धक बनाउन प्रयास गरेको भन्दै त्यसले उनिहरुलाई नै सखाप पर्ने उनको भनाइ छ । यदि प्रधान न्यायाधीशको राजिनामा नै माग्ने हो भने त्यसको पनि कानुनी प्रक्रिया भएकोले त्यो कानुनी प्रक्रिया पूरा गरेर उनलाइ पदमुक्त गर्न सकिने बाटो तर्फ जान उनले सुझाव दिएका छन । आफ्नो स्वार्थ नमिल्दैमा र आफुले भनेको नहुदैमा कसैले सम्पुर्ण नेपालीको आस्था जोडिएको न्यायलय माथी धावा बोल्ने अधिकार कसैलाई नभएको उनले बताए ।

सदनमा महाअभियोग पास गराएर राजिनामा स्वीकृत गराउने कानुनि बाटो रहेको भन्दै कुनै डर धम्की देखाएर राजिनामा माग्ने अधिकार कसैलाई नभएको उनको भनाई छ । अहिले पनि अन्यायमा परेका लाखौ जनताको मुद्दा अदालतमा रहेको भन्दै शाहीले ती मुद्दाहरुलाई त्यसै थन्काएर अदालत बन्दक बनाउन नपाउने भनाई छ । एउटा मुद्दाको फैसला पर्खिदा पर्खिदै उमिहरुको मृत्यु भै सक्दा पनि मुद्दाको फैसलाको पालो नआउने अवस्था अहिले रहेको उनको भनाई छ । त्यसको जिम्मा कस्ले लिने ? उनको प्रश्न छ ।

अदालतमा वकालत गर्ने वकिलहरुले पनि त्यत्रो सम्पत्ति कसरी आर्जन गरे भन्ने कुरा सबैलाई थाहा भएको उनको भनाई छ । तिनै वकिलहरु पनि अदालतमा दादागिरी देखाउने गरेको उनको भनाई छ । अन्यायमा परेको ब्याक्तिले त्यति धेरै पैसा खर्च नगर्ने भन्दै अपराधीहरुबाट पैसा लिएर अदालतलाई बन्धक बनाउदै न्यायाधीशलाई नै हटाइदिन्छु भन्दै हिड्न सक्ने अधिकार उनिहरुलाई कस्ले दिएको भन्ने प्रश्न उनको छ । तिनै वकिलहएउले अपराधीलाई साथ दिदै हिजोका दिनहरुमा NCELL लाई पनि कर तिर्नु पर्दैन भन्दै बहस गर्ने गरेको उनले बताए ।

उनले राजनैतिक दलका नेताहरुलाई पनि अदालतमा हस्तक्षेप नगर्न चेतावनी दिए । उनले प्रचण्डलाई इन्कित गर्दै भनेका छन ; आफ्नो अपराध लुकाउन अदालतमा भागबन्डा गरेर आफ्ना मान्छे लाएर वचन नखोज्नु । कुनै न्यायलयमा भएका न्यायाधीशलाई निकाल्ने राख्ने अधिकार प्रचण्डलाई नभएको भन्दै जताभाबी बोल्दै नहिड्न पनि उनले चेतावनी दिए । यदि प्रचण्डले आफ्नो जिब्रो र थुतुनो नसम्हाले जनताले बिच सडकमा जुत्ता प्रहार गर्ने दिन आउने बताएका छन । त्यसैले कुनै पनि नेता भन्नेहरुले आफ्नो अपराध लुकाउन अदालतलाई बन्धक बनाउन खोजे उनिहरुलाई सखाप जनताले बनाउने पनि चेतावनी दिए । ( बाकी भिडियोना हेर्नुस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!