पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा नेपालीहरुको महान पर्व विजया दशमीको विदाई गरी शुभ-दिपावलीको सु-अवसर पारेर कलाकारहरुले तिहार विशेष देऊसी भैलो गित सार्वजनिक गरि रहेका छन् | यसै विच पछिल्लो समयका अत्यन्तै लोकप्रिय गायिका लक्ष्मी खड्काको आवाजमा रहेको तिहार गित ‘भाईटिका’को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लोकप्रिय गायिका एवम् सुमधुर आवाजमा धनि गायिका लक्ष्मी खड्काको आवाजमा सजिएको उक् तिहार गितमा सर्जक गजेन्द्र परियारको निकै उत्कृष्ट शब्द सृर्जना एवम् गितकार एवम् सर्जक लोकेश परियारको संगित रचना रहेको छ । गितमा वैनीले तिहारमा आफ्नो दाजुलाई घर फर्केर आऊन आग्रह गरिएको यथार्थ कहानी गितमा प्रस्तुत गरिएको छ ।

अनिल विष्टको निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा लोकप्रिय गायिका लक्ष्मी खड्काको अभिनय रहेको छ | अत्यन्तै उत्कृष्ट सिनहरुमा तयार पारिएको गितको म्युजिक भिडियोलाई विरेन्द्र परियारको छांयाकन एवम् अनिल विष्टको सम्पादन रहेको छ ।

उक्त गितको म्युजिक भिडियो Him Samjhauta Digital को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!