काठमाडौं । लोकप्रिय मोडल धुर्व हिमालीले बेष्ट मोडल (नृत्य)को अवार्ड पाएका छन् । मंगलबार काठमाडौंको र्याडिसन होटलमा सम्पन्न स्टार इन्टरनेशनल अवार्ड २०२१ मा ‘फुलको बासना’ गीतबाट Best Model of the year (Dance) तर्फको अवार्ड प्रदान गरिएको हो । यसअघि सन्चिताले चार वटा अवार्ड पाइसक्नुभएको छ भने यो पाचौं अवार्ड हो ।

नेपाली म्युजीक भिडियोको क्षेत्रमा चारसयको आसपासमा अभिनय गरिसक्नुभएका हिमालीले अवार्ड पाउँदै गर्दा खुसी ब्यक्त गरेको छन् । यस्तो किसिमका अवार्डले काम गर्न थप उर्जा प्रदान गर्ने उनको भनाई छ ।

 

काठमाडौं । गायक सुनिल कटुवालले डाँडै काटौँला बोलको नयाँ गीत बजारमा ल्याएका छन् । गीतमा दुई नायक पल शाह र पुष्प खड्कालाई एक साथ देख्न सकिन्छ । गीतको भिडियोमा बिबाहको दृश्य देख्न सकिन्छ ।

उनको गीतको म्युजिक भिडियोसमेत युट्युव मार्फत शनिबार सार्वजनिक भएको छ । गीतमा सुनिललाई गायिका मेलिना राईले साथ दिएकी छन् ।

त्यस्तै गीतको रचना दिनेशराज पुरीको रहेको छ भने संगीत अर्जुन पोखरेलको रहेको छ । त्यस्तैगरी उक्त गीतको भिडियोमा सरोज खनाल, सुरबीर पण्डित, पल शाह, पुष्प खड्का, अलिशा श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

गायक सुनिल कुटुवालका दर्जनौं गीत नेपाली बजारमा हिट भएका छन् । उनको केटो अलि कमाउने होस, कपुरी क, ताराबाजी लैलै, मुखैमा राम राम, डिजिटल फोटो लगायतका गीत चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!