September 28, 2022

“बाटुली” गीतबाट बर्षकै उत्कृष्ट संगीतकारको अवार्ड ज्ञानेन्द्रलाई –तेस्रो स्टार अन्तराष्ट्रिय म्यूजिक अवार्ड २०७८ मा लोक तथा दोहोरी गितको उत्कृष्ट संगीतकारको अवार्ड ज्ञानेन्द्र शाहीले जितेका छन् ।

दैलेखी माटोमा जन्मिएका ज्ञानेन्द्रले धेरै लोक तथा दोहारी गितमा आफ्नो कलम चलाईसकेका छन् ।

“फूलको डाली रित्तै” नामक लोक तथा दोहोरी गितबाट गीत संगीतमा पाईला टेकेका ज्ञानेन्द्रले लोक तथा दोहोरी क्षेत्रका विशिष्ट र चर्चित कलाकारहरु लोकगायिका विमाकुमारी दुरा, शान्ति श्री परियार, खेम सेन्चुरी, ईन्द्र जि.सी, आशिष

अविरल, विनोद बाजुराली, कृष्ण बि.क भान्जा, साथै म्यूजिक भिडिायो निर्देशक शिव विक, मौसम हिमाली विक्रम चौहान तथा कलाकार अन्जली अधिकारी, धुर्व हिमाली, करिश्मा ढकाल, रुविना अधिकारीसँग आफ्नो सृजनामा सहकार्य गरिसकेका छन् ।

 

होटल ¥याडिसन लाप्जिमपाट काठमाडौंमा मंगलबार सम्पन्न भएको कार्यक्रममा नेपाली चलचित्र र गीत संगीतका चर्चित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

मध्यपश्मिाञ्चलका कर्णाली, भेरी र राप्तीमा निकै प्रचलित भाकामा तयार भएको गीत सुर्खेत जिल्ला घर मेरो हर्रे सान्नानीलाई लैजान्छु मन परे भन्ने “बाटुली” गीतबाट ज्ञानेन्द्रले बर्षकै उत्कृष्ट संगीतकारको अवार्ड हात पारेका हुन् ।

सुर्खेत नेपालगञ्ज जोड्ने रत्न राजमार्गमा मा पर्ने बर्दिया राष्ट्रिय निकुञ्जको चेकपोष्ट नजिक पर्ने सुर्खेत जिल्लाको सुन्दर पर्यटकीय नगरी हर्रेमा घुम्न गएको बेला उक्त गीतको थेगो तयार गरेको ज्ञानेन्द्र बताउँछन् ।

सो गीतमा आवाज पनि स्वयम् ज्ञानेन्द्र र बिमाकुमारी दुराको रहेको छ , भने धुर्व हिमाली र रुविना अधिकारीको अभिनय रहेको छ ।

अहिलेका चर्चित म्यूजिक भिडियो निर्देशक मौसम हिमालीले उक्त गीतको भिडियो निर्देशन गरेका छन् ।

२०६१ सालतिर अध्ययनको शिलशीलामा काठमाडौं प्रवेश गरेका ज्ञानेन्द्रले करिव १ दशक पछिको मेहनतको फल प्राप्ती भएको भन्दै खुशी व्यक्त गरेका छन् ।

यो अवार्डले आगामी दिनहरुमा अझ धेरै राम्रो गर्न उत्साह थपेको उनले बताए । समाजशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक (एल.एल. बी) गरेका ज्ञानेन्द्र अहिले अध्ययनलाई यही रोकेर गीत संगीतमै सक्रिय रहेको छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!