१४ वर्षकि कृपा परियार गएको सोमबारदेखि बेपत्ता भएकी छिन् ।भर्खर ७ कक्षामा पढ्दै गरेकि उनी एकाएक ह राएकी हुन् ।बिहानसम्म गाउँमै खेली रहेकी कृपा साझ ५ बजेदेखि उनको खबर नै नआएपछि उनी हराएको बुबाआमाले पाए ।

आमा सम्झना परियार र बुबा केशव परियारले बिहान १० बजे मेलामा जाँदा छोडेर हिडेका थिए ।फर्किएर आउँदा बहिनीलाई दिदि लिन पठाउदा दिदी घरमा नै थिइनन् ।गाउँघर र आफन्त सबै तिर खोजी सक्दापनी उनको केही अत्तोपत्तो लागेको छैन ।

अहिलेसम्म कृपा यसरी कतै गएकी थिइनन् ।स्कुलबाट आएरपनी घरमै बस्थिन् उनी ।खाना पकाउने र घरमा आमालाई सघाएर बस्ने गर्थिन ।कतै जानु पर्दा आमालाई खबर गरेरै हिड्ने गरेको सम्झनाले बताइन् ।जहाँ गएपनी राती घरमै आउथिन् कृपा ।

छोरीलाई मोबाइल फोन पनि चलाउन नदिएको र अहिले कृपा हराएको भन्दापनी कसैले अ पहरण गरेको हुन सक्ने आमाबुबाले बताएका छन् ।छोरीलाई खोजी दिन आमा बुबा सबैलाई अपिल गरिरहेका छन् ।

भिडियो हेर्नुस् :- https://youtu.be/zREYombinzU

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!