काठमाडौं, कात्तिक २४ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।

दुबईबाट बुधबार बिहान १०:०५ बजे फ्लाई दुबईको विमानबाट काठमाडौं आएका भारतीय नागरिक महोम्मद जुवेदलाई प्रहरीले पक्राउ गरेको हो।

उनले मलद्वारमा लुकाएर अवैध सुन ल्याएको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए। उनले आधा किलो (५४५ ग्राम) सुन लुकाएर ल्याएको बाँस्तोलाले बताए। प्रहरीले उनको गतिविधि शंकास्पद देखेपछि उनलाई नियन्त्रणमा लिएको थियो।

‘उनी शंकास्पद रूपमा हिँडिरहेको देखेपछि हामीले उनलाई नियन्त्रणमा लिएका थियौं,’ प्रहरी वरिष्ठ उपरीक्षक बाँस्तोलाले भने, ‘सुन ल्याएको थाहा पाएपछि चिया बिस्कुट खुवाएर दिसा गराएर सुन निकाल्यौं।’

जुवेदको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा स्वास्थ्य परीक्षण गरिएको छ । उनले दुईवटा डल्ला सुन मलद्वारमा लुकाएर ल्याएका हुन् । उनले नेपालमा कसको लागि सुन ल्याइदिएका थिए भन्ने खुलिसकेको छैन। पक्राउ परेका ती व्यक्तिलाई भन्सार विभागको जिम्मा लगाइएको छ।

यसबारे थप अनुसन्धान अघि बढाएको सुरक्षा स्रोतले जनाएको छ। नेपाल प्रहरीले आर्थिक वर्ष २०७७/०७८ मा २७ करोड १५ लाख ९१ हजार ६ सय ८० रुपैयाँ बराबरको अवैध सुन बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!