काठमाडौं, कात्तिक २४ – कैलालीको टीकापुरमा चक्कु प्रहार गरी युवकको हत्या गरेको आरोपमा ८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्यामा संग्लन भएको आरोपमा ५ जना र अन्य तीन जनालाई पनि पक्राउ गरिएको बताए।

कैलालीको लम्कीका भुपेन्द्र बडुवाललाई चिसापानीका नविन रावलको समूहले ‘ट्रयाप’मा पारेर हत्या गरेको आफन्तले बताएका छन्। रावल नेतृत्वको समूहले मंगलबार राति बडुवालको हत्या गरेको मृतकका आफन्तले बताएका हुन्।

एसपी अधिकारीले चिसापानीस्थित संगम होटलका सञ्चालक हर्कबहादुर रावल, उनकी श्रीमती र छोरा महेशलाई पनि पक्राउ गरिएको बताए। ‘युवकको हत्या घटनामा होटल सञ्चालक रावलका अर्का छोरा नविनको संग्लनता देखिएको छ,’ एसपी अधिकारीले भने, ‘तर नविन भने फरार छन्।

युवकको मृत्युपछि स्थानीयबाट संगम होटलमा तोडफोड गर्ने प्रयास भएपछि घटनाबारे सोधपुछसँगै रावल परिवारको सुरक्षाका लागि पनि उनीहरुलाई नियन्त्रणमा लिइएको हो।’ प्रहरीका अनुसार आइतबार नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेका मेजर अशोकजँग शाहीसँग सोही होटलका सञ्चालक रावलको विवाद भएको थियो।

संविधान सभा सदस्यसमेत रहेका मृतक भुपेन्द्रका आफन्त भगत बडुवालले ट्रयापमा पारेर भुपेन्द्रको हत्या गरिएको बताए। ‘विभिन्न अपराधमा संलग्न भएको पर्याप्त प्रमाण हुँदाहुँदै पनि सजाय नहुँदा रावल लगायतको मनोवल बढेको थियो,’ बडुवालले भने, ‘नविन रावलले टीकापुरका शाही थरका एक युवकलाई मार्ने उद्देश्यले भुपेन्द्रलाई प्रयोग गर्न खोजेको देखिन्छ।’

शाही थरका युवकलाई भुपेन्द्रमार्फत बोलाउने र मार्ने गोप्य योजना नविन रावलले बनाएको बडुवालको भनाई छ। ‘शाही थरका युवकलाई मार्ने योजनाबारे भुपेन्द्र जानकार थिएनन्,’ बडुवालले भने, ‘टीकापुरमा नविनको गिरोहका युवक जम्मा भएको देखेपछि भुपेन्द्रले सम्भावित खतरा आकलन गर्दै भागेर उम्कन खोज्दा नविनको गिरोहले धारिलो हतियार प्रयोग गरेर भुपेन्द्रको हत्या गरेको हो। शाहीको हत्या योजना बाहिरीने डरले ट्रयापमा पारेर लखेटीलखेटी बडुवालको हत्या गरिएको हो।’

विभिन्न घटनाका अभियुक्त रावल र शाहीको समूहमा चिसापानी, लम्की र टीकापुरका करिव ५० जना आवद्ध रहेको स्थानीयले बताएका छन्। दुबै समूहले एकअर्कालाई भेट्टाउनासाथ भौतिक आक्रमण गर्ने गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!