हरेक विधा या क्षेत्रमा काम गर्ने मानिस दुई प्रकारका भेटिन्छन् ।अधिकतम मानिसले चली आएको परमपरालाई नै अघि बढाउछन् ।
विरलै त्यस्ता मानिस पनि भेटिन्छन् जसले आफ्नो नविनतम सोच र हिम्मतले नयाँ परमपराको सुरुवात गर्दछन् ।
रेखा थापा नेपाली सिनेमा जगतको त्यसतै विरलै भेटिए एउटा पात्र हुन ।रेखाले नायक प्रधान रहने हाम्रो चलचित्रलाई नायिकाले मुख्य भुमिका गरेको फिल्मपनी उत्तिकै चलाएर अरुलाई प्रेरणा दिन सकेकी छिन् ।
रेखाले एक दसक भन्दा लामो समयसम्म आफ्नो काधमा नेपाली चलचित्रलाई बोकेर हिडेकी हुन् ।
जसको बाहुल्यता अझैसम्म कायम नै रहेको छ ।मोरङ जिल्ला सलकपुरकको साधारण परिवारमा जन्मिएकी रेखाले फिल्म क्षेत्रमा दिएको योगदान अतुलनीय छ ।
रेखाले छठ पर्वको अवसरम हामीसँग कुराकानी गर्दै आफ्नो सिउदो भर्ने मान्छे आफू जस्तै भएको बताइन ।उनले आफ्नो सिउदो यहि वर्ष भरिन सक्ने कुरा पनि बताएकी छिन् ।
भिडियो हेर्नुस् :- https://youtu.be/b33ZsRonZc0