September 28, 2022

ओखलढुंगा : एकादशी बजार भर्न ककनी बजार जाँदै गरेको बोलेरो जीप सुनकोशी गाउँपालिकामा दुर्घटनामा परेको छ ।
ओखलढु‌ंगाबाट ककनी बजार जाँदै गरेको बोलेर साेमबार बिहान जौबारी सडकबाट करिब सय मिटर तल खोल्सामा खसेकाे वडा अध्यक्ष झनक कार्कीले पुष्टि गरे ।

दुर्घटनामा परी केही यात्रुकाे ह’ताह’ती भएकाे प्रारम्भिक जानकारी प्राप्त भए पनि यकीन विवरण आइसकेकाे छैन । बोलेरोमा कति सवारी थिए भन्ने बारेमा औपचारिक पुष्टि हुन बाँकी छ ।
प्रहरी चौकी कोषहाटकाे टोली घटनास्थल पुगेको छ । दुर्घटनामा परेकाको उद्धार कार्य जारी रहेको वडाअध्यक्ष कार्कीले जानकारी दिए ।

दुर्घटनामा परेको गाडी सुनकोशी गाउँपालिका वडा नम्बर ८ का सुमन बोगटीको रहेको स्थानीयले बताएका छन् ।
सिद्धिचरण नगरपालिका-१० रुप्सेका स्थानीय चम्पादेवी ककनीको दर्शन गर्न सोमबार बिहानै हिँडेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!