काठमाँडौ, २ मंसिर । पूर्वपश्चिम राजमार्गमा बसले यात्रुबाहक हाइसलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। अन्य ६ जना घाइते भएका छन्।

ना ५ ख ४६९२ नम्वरको बसले विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ५०७९ नम्वरको हाइसलाई बिहीबार अपराह्न ४ बजे ठक्कर दिएको हो।

ठक्करबाट हाइसमा सवार काठमाडौं महानगरपालिकाका ३८ वर्षीय गृषमान सिंहको घटनास्थलमै मृत्यु भएको छ भने मोरङको बिराटनगर महानगरपालिका ३ बस्ने ४१ वर्षका चुडा बहादुर बस्नेतको उपचारको लागि लैजाने क्रममा मत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

६ जना घाइते मध्ये १ जनाको अवस्था गम्भीर छ। अन्य ५ जनाको अवस्था समान्य रहेको डीएसपी काफ्लेले बताए। गम्भीर घाइतेको बिराटनगर र अन्य समान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुवै सवारी साधनसहित सवारी चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको डिएसपी काफ्लेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *