अरनिको राजमार्गअन्तर्गत बलेफी–सुकुटेबीचको क्षेत्रमा आज बिहान सडक दु’र्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृ’त्यु हुनेमा बाह्रबिसेका एकबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा५ख४२८२ नंको आइचर ट्रकले काठमाडौँतर्फ जाँदै गरेको बा०३१प०५८४ नम्बरको मोटर साइकललाई ठ’क्कर दिँदा मोटरसाइकल चालक श्रेष्ठको घ’टनास्थलमै मृ’त्यु भएको हो ।दुर्घ’टनामा मोटर साइकलमा सवार आशिष श्रेष्ठ ग’म्भीर घा’इते भएको र उपचारका लागि उनलाई धुलीखेलतर्फ पठाइएको नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिनुभयो ।

बिहान ८ बजे सो घटना भएको प्रत्यक्षदर्शी दुर्गा श्रेष्ठले जानकारी दिनुभयो । ठ’क्कर दिने ट्रक र त्यसका चालकलाई नि’यन्त्रणमा लिएर अनु’सन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । प्रहरीका अनुसार श’व परीक्षणका लागि धुलिखेल लगिएको छ ।(फाइल फोटो)

यो पनि काठमाडौं ५ मंसिर । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय प्रशासनको जिम्मा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले लिएसम्म विचौलिया पाल्ने काम नरोकिने बताएका छन् ।

आइतबार प्रधानन्यायाधीशको राजीनामा माग गर्दे सर्वोच्च परिसरमा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दे अध्यक्ष श्रेष्ठले यस्तो प्रतिक्रिया दिएका हुन् ।

कानून विपरित विचौलियाहरुलाई पाल्ने काम न्याय प्रशासनको, न्याय परिषद्बाट न्यायाधीशहरुलाई सरुवा काजमा पठाउने अधिकार अहिले पनि प्रधानन्यायाधीशले लिइराखेको बताएका उनले कार्यक्रममा भने, ]प्रधानयायाधीशलाई न्याय प्रशासनबाट पनि जबसम्म खोसिदैनँ तबसम्म गोला प्रणालीको आधारबाट अब नङ्ग्रा त गयो उसको, दाह्रा गयो भनेर मात्रै सुख पाउने अवस्था छैन अर्को चपाउने दाँत पनि रहेकाले त्यो पनि झार्न जरुरी रहेको छ । ]

जवराको विरुद्ध अब राजनीतिक दल संसदमा पनि जाने उनले बताएका छन् । झण्डै एक महिना देखि जवराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले जवराको राजीनामा माग गर्दै विरोध कार्यक्रम गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *