झापाको अशोकप्रसाद कोइराला र धरानकी लक्ष्मी लिम्बुबिच १९ वर्ष अघि अन्तरजातीय प्रेम बिबाह भएको थियो । अशोक र लक्ष्मी सगैँ धरानमा पढ्ने गर्दथे त्यहिँबाट उनिहरुबिच प्रेम सम्बन्ध भै बिबाह भएको थियो । अहिले बिराटनगरमा ब्यावसाय गरि बस्दै आएका उनिहरु केही दि अघि मात्र अशोक हराए पछि लक्ष्मी खोजिका लागि मिडियामा आएकी छिन । बेलुका सगैँ सुतेका श्रीमान बिहान उठ्दा एक्कासि हराए पछि आफू जतिसक्दो छिटो खोजी गर्नका लागि मिडियामा आएको उनको भनाई छ ।

एक हप्ता अघि अशोक बिहानै घरबाट निस्किएको लक्ष्मीको भनाई छ । श्रीमान आफू र छोरी कसैलाई पनि थाह नदिई घरबाट बिहानै हिडेको उनको भनाई छ । राती सगैँ सुतेको श्रीमान बिहान आफू ब्युझिनु भन्दा आगाडी नै हिडेको लक्ष्मिको भनाई छ । श्रीमान हिडेको आफुले थाहा नपाएको उनले बताईन । निकै बेर सम्म पनि नफर्किए पछि र त्यसरी थाहै नपाई निस्किएकोले आफुले फोन गर्दा पनि सम्पर्क नभएको उनले बताईन । सोही दिन आफू झापा घर पनि खोज्न गएको उनले बताईन ।

आफुले अहिलेसम्म थाहा भए जती सम्पुर्ण ठाउँ खोजी गरिसकेको लक्ष्मी बताउँछिन । त्यसरी जानकारी बिना कहिल्यै केही पनि नगर्ने श्रीमान एक्कासी यसरी हराउँदा आफुले केही सोच्न नसकेको उनको भनाई छ । आफुहरु बिबाह गरे देखि अहिलेसम्म कुनै पनि दिन एक पटक पनि नराम्रो बोली नबोलेको उनको भनाई छ । मोरङ कै बाहुनीमा कुखुरा, बाख्रा फार्म खोलेर बसेका श्रीमान त्यहा घाटा भए पछि त्यहाँ बेचेर दुई महिना अगि आफुले गर्दै आएको कपडा पसलमा नै राखेको लक्ष्मी बताउँछिन ।

त्यही ब्यावसाय घाटामा गएपछी श्रीमान केही दुखी भने भएको उनको भनाई छ । अहिले भने नागरिकता र पासपोर्ट लिएर गएको उनले बताईन । पैसा पनि आफुले राखेको जस्ताको त्यस्तै भएकोले श्रीमानसगँ भएको त्यही १०००/१५०० मात्र बोकेर हिडेको उनको भनाई छ । श्रीमान कुन अवस्थामा होला भनेर आफुलाई धेरै पिर लाग्ने गरेको उनको भनाई छ । आफुहरु एक अर्कालाई धेरै माया गर्ने भएको भन्दै यसरी टाढिएर अहिले सम्म कहिल्यै नबसेको उनको भनाई छ ।

आफुलाई श्रीमानले अन्य कोहि केटि लिएर हराएको हो कि भन्ने कुनै शंका नलागेको पनि लक्ष्मीले बताईन । आफ्नो श्रीमान त्यस्तो खालको नभएकोमा आफू पुर्ण बिश्वास भएको उनको भनाई छ । त्यही पनि भा कतै त्यस्तो केही थियो कि भनेर श्रीमानले फार्म गर्दै आएको ठाउँ बाहुनिमा पनि आफू गएर बुझ्दा पनि त्यस्तो केही नभेटेको उनको भनाई छ । ब्यापारमा घाटा भएकै कारन कतै डिप्रेसन भएर यसरी हिडेको हो कि भन्ने पनि लाग्ने गरेको तर अन्य कोहि केटि लिएर गएको भन्ने कुरा भने हुनै नसक्ने उनले बताईन ।

भिडियो हेर्नुस् :- https://youtu.be/grOKhbVZQfo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *