एउटा भनाइ छ पशुलाई तह लगाउनु छ भने उसलाई बाँधेर राख्नुपर्छ ।तर बाँधेर राखी उसको स्वतन्त्रताको हनन गरिनु उचित हुँदै होइन ।पशुलाई त बाँधेर राख्न सकिएला तर मान्छेलाई नै यसरी कतै हिड डुल गर्न नदिइ राख्नु पाप नै हो ।

कालिका नगरपालिका स्थित वडा नं ३ मा एकजना १३ वर्ष कि सानी नानीलाई जन्मेको २ वर्ष नहुँदै देखि बाँधेर राखिएको छ ।सानैमा उनलाई कुन रोगले छोयो थाहा भएन र त्यही समयदेखि उनले बन्धक जस्तो जीवन बिताउनु परेको छ ।

उनका पिता वासुदेवले निकै परिश्रम गरेर एउटा सानो घर बनाएका छन् ।छोरीको हालत त्यस्तो भएपछि परिवार निकै पिडामा छ ।वासुदेव आफैं पनि प्यारालाइसेस भएर लडिरहेका छन् र कमाउने मान्छे कोहि नभएपछि परिवारको बिजोग भएको छ ।

छोरीलाई लागेको रोगको उपचार नै छैन भनेपछि उनलाई बाँधेर राख्नु परेको पिताले बताए ।आर्थिक अवस्था निकै कमजोर भएर अहिले बुबा छोरीले नै उपचार गर्न पएका छैनन् र बेसहारा भएर लडिरहेका छन् ।

भिडियो हेर्नुस् :- https://youtu.be/Pvs8nvCUkCI

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *